कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने

 

Advertisement 1

काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ। अन्य पार्टीले उम्मेदवार छनाेट गरेर प्रचारप्रसारमा लागिरहेका बेला काँग्रेस भने उम्मेदवार टुङ्ग्याउनकाे लागि आज पनि बैठक बस्ने लागेकाे हाे।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

Advertisement 2

यसअघि बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न लागेको हो।

इलाम-२ र बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको छ। इलाम-२ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त छ। सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन्।

Advertisement 3

यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको नेताहरू बताउँछन्। देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका छन्।

कांग्रेस सह-महामन्त्री बद्री पाण्डेले आज बिहान उम्मेदवारका आकांक्षी र सम्बन्धित जिल्लाका नेताहरूसँग छलफल हुने बताए। पार्टी केन्द्र र उम्मेदवारका आकांक्षीबिच एकता गराएर आजै उम्मेदवार टुंगो लगाइने पाण्डेले बताए।

प्रकाशित :२०८० चैत्र २२, बिहीबार ०७:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry