केएल दुगड समूहले ल्यायो ज्ञान मह

केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादनमा मह नेपाली बजारमा ल्याएको छ । स्थानीय रुपमा उपलब्ध विभिन्न बहुमूल्य वनस्पतिहरुमा चरन गरेका मौरीहरुबाट यस ज्ञान महको उत्पादन गरिएको कम्पनीले दाबी गरेको छ । स्थानीय रुपमै उत्पादित सामानको प्रवर्द्धन गर्ने उद्देश्यले महको उत्पादन सुरु गरिएको कम्पनीको भनाइ छ ।

Advertisement 1

एक विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ ‘खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको परीक्षण गरी उपभोगको लागि उत्कृष्ट ठहर्‍याएका छन् ।’ कम्पनीका अनुसार ज्ञान मह मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २५०, ५०० ग्राम र १ किलोग्राम प्याकमा उपलब्ध छ । दुगड समूहको ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता उत्पादन पनि बजारमा छन् ।

स्थानीय रुपमा उपलब्ध विभिन्न बहुमुल्य वनस्पतिहरुमा चरन गरेका मौरीहरुबाट यस महको उत्पादन गरिएको कम्पनीले जनाएको छ। साथै स्थानीय किसानहरुद्वारा स्थानीय रुपमै उत्पादित सामानहरुको प्रवर्द्घन गर्ने उद्देश्यले यस महको उत्पादन सुरु गरिएको पनि कम्पनीले जानकारी दिएको छ।

Advertisement 2

खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको परिक्षण गरि उपभोगको लागि उत्कृष्ट रहेको ठहराएका छन्। ज्ञान महको गुणस्तर यस्को प्राकृतिक र मिठो बास्ना बाट पनि आकलन गर्न सकिने कुरा जनाइएको छ।

के.एल. दुगड समूहले लोकप्रिय ब्राण्ड ज्ञानका ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु पनि लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ।

प्रकाशित :२०८० बैशाख ११, सोमबार १०:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry