फेरि भकुण्डो बन्न लागे सचिवहरू
स्थिर सरकार मानिने कर्मचारी फाँट सरकार र मन्त्री फेरिएपछि पहिलो निशानामा पर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिमण्डल बिस्तार गरेसँगै फेरि अर्थ,संघीय मामिला तथा सामान्य प्रशासन लगायतका केही सचिव र सहसचिवहरु सरुवामा पर्ने भएका छन् ।
Advertisement 1
सरकारले किस्ता किस्तामै फेरि केही सचिव र सहसचिवलाई चलाउने तयारी गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतको दावा छ । पहिलो किस्तामा यही साताभित्रै संघीय मामिला तथा सामान्य प्रशासन र अर्थका सचिवहरु भकुण्डो बन्नसक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ती अधिकारीले जनाएका छन् ।
जनार्दन शर्मा अर्थमन्त्री हुँदा सहसचिवबाट बढुवा भएर सिधैं अर्थ मन्त्रालयमा पदस्थापनको सौभाग्य पाएका कृष्णहरि पुष्करलाई फेरि संघीय मामिला तथा सामान्य प्रशासनबाट तानेर अर्थमा पुर्याउने गरि चलखेल भइरहेको र यो प्रयासले यसैसाता मूर्तरुप पाउने ती अधिकारीको ठोकुवा छ । अहिले अर्थमन्त्रीको भूमिकामा छन्,डा प्रकाशशरण महत,उनै महतले जिम्मेवारी सम्हालेको मन्त्रालयमा सचिवका रुपमा पुष्करलाई भित्राउने गरी चाँजोपाँचो मिलाइसकिएको स्रोतहरुको दावा छ ।
अर्थ मन्त्रालय काँग्रेसको भागमा परेसँगै त्यहाँका सचिव परिवर्तन गर्ने खेलोमेलोले तिव्रता पाएको हो ।पुष्करलाई सामान्यबाट पुन अर्थमै फर्काइदा पुन केही सचिवहरु भकुण्डोझैँ यताबाट उता र उताबाट यता फालिने भएका छन् ।
Advertisement 2
अरु सचिवको हकमा पछि गर्दै गरौंला तर, अहिले अरुलाई यथावत राखे पनि अर्थ सचिवलाई तत्काल चलाइहालौं भन्ने हुट्हुटी सिंहदरबारमा सबैभन्दा धेरै देखिन्छ ।अर्थ सचिवको जिम्मेवारीमा रहेका तोयम रायको ठाउँमा गत पुसमा त्यहींबाट फालिएका कृष्णहरि पुष्करलाई ल्याउन लागिएको बुझिएको छ ।
पुष्करलाई त्यता लैजानका लागि भाउजु (आरजु राणा)को विशेष जोड भएकाले उनको नाम र चर्चा बढी हुन पुगेको एकाथरी कांग्रेसीहरूले बताउँछन् । पुष्करको भाउजूका साथै पूर्वअर्थमन्त्री जनार्दन शर्मा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मुख्यसचिव शंकरदास बैरागीले समेत अर्थमै फर्काउने विशेष जोड गरिरहेकाछन् । कृष्णहरिलाई मुख्यसचिवको विशेष प्यार रहेको देखिदैं आएको छ कारण उनले चिन्ने र घनिष्ठ सम्बन्ध भएका कर्मचारीमध्येका हुन्, कृष्णहरि पुष्कर । अख्तियारमा हुँदा गोविन्द केसीलाई ‘पागल’को संज्ञा दिएर विज्ञप्ति निकाल्ने पुष्कर लोकमान सिंह कार्कीकै जोडले नयाँदिल्लीस्थित नेपाली दूतावासमा इकोनोमिक मिनिष्टर नियुक्त भए । त्यतिबेलादेखि नै बैरागीसँग घनिष्टता कायम भएको हो । मुख्यसचिव र पुष्करकोमा प्राय साँझ राजेश्वर ज्ञवाली, अख्तियारमा मुद्दा खेपिरहेका संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सु ई ललिजन खनाल, समानान्तर जेभीका विवादित ठेकेदार अच्युतकृष्ण खरेल र बिचौलिया रमेश खड्काको बाक्लै आवतजावत र उठबस हुने गरेको स्रोतले जनाएको छ ।राजेश्वरले चाहिँ आफू कृष्णहरिको क्लास मेट भएको कारण त्यहाँ गइरहने गरेको प्रतिक्रिया दिएका छन् । मुख्य सचिवको विशेष प्यारका कारण पुष्करले जुनियर सचिव हुँदा पनि प्रदेशतिर ओर्लनुपरेन ।
सबैतिर घनिष्ट सम्बन्ध भएकै कारण पुष्कर सघीय मामिला तथा सामान्यबाट फेरि अर्थमै फर्कन लागेका हुन । पुष्करलाई अर्थबाट सामान्यमा लैजाने नाममा अन्य केही सचिवहरु पनि भकुण्डो बन्ने भएका छन् । उता हालै सञ्चारबाट प्रम कार्यालयमा जगेडामा राखिएका बैकुण्ठ अर्याल अवकाशको मुखमा अतिरिक्त समूहबाटै घर जानुपर्ने स्थिती तयार भएको प्रशासकहरुबीच चर्चा चल्ने गरेको छ । विशेष गरी उनको मामलामा प्रधानमन्त्री प्रचण्ड कठोर देखिएका कारण अवकाशको मुखमा अन्याय भुक्तमान गर्दै घर फर्कनुपर्ने स्थिती बनेको एकाथरी प्रशासकहरुबीच सिंहदरबारमा चर्चा चल्न थालेको छ ।
Advertisement 3
सरकार परिवर्तनपिच्छे भकुण्डोझैँ यताबाट उता र उताबाट यता फालिने गरिएका कर्मचारीका हाकिमहरूमाथि फेरि अर्को प्रहार थालिएको छ । केही दिन सचिव र सहसचिवहरूको नाडी छामिसकिएकाले यो साताभित्र सरकारले केही सचिवको सरुवा गर्न लागेको बताइन्छ । तर केही मन्त्रालयमा अझै मन्त्री नियुक्त भएका छैनन् । सबै मन्त्रीको नियुक्तिपछि मात्रै एकैचोटी सरुवा गर्ने कि केही मन्त्रालयमा मात्रै चलाउने भन्ने छलफलले मूर्त रुप लिन नसकेको स्रोतको दाबी छ । ‘आगामी दिनमा नियुक्त हुने मन्त्रीले के भन्छ, को मन्त्री आउँछ केही दिन पर्खेर एकैचोटी गरौं भन्ने आवाज पनि सुनिएको छ,’ बालुवाटार स्रोतले सचिव सरुवाको संकेत गर्दै भन्यो । तर, अहिले अरुलाई यथावत राखे पनि अर्थ सचिवलाई तत्काल चलाइहालौं भन्ने हुट्हुटी सिंहदरबारमा सबैभन्दा धेरै देखिन्छ । अर्थसचिव तोयम रायलाई उद्योग मन्त्रालयबाट ल्याइएको थियो । उनी त्यसअघि अख्तियारमा थिए । गत पुसमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले रायलाई अर्थमा भित्य्राएका हुन् ।
त्यहीँका राजश्व सचिव भने अख्तियारबाट आएका डा. रामप्रसाद घिमिरे हुन् । अर्थमन्त्रीमा डा. प्रकाशशरण महत नियुक्त भएको सन्दर्भमा रायलाई आजभोलि नै चलाइने र अरुलाई ‘ग्रुपमा’ गर्ने भनिएको छ । रायको ठाउँमा गत पुसमा त्यहींबाट फालिएका कृष्णहरि पुष्करलाई ल्याउन लागिएको बुझिएको छ ।
स्थीर सरकार भनिएको ब्युरोक्रेसीलाई नयाँ सरकारको गठन र पुनर्गठनपछि सँधै अस्थिर बनाउने गरिएको छ । सचिवहरूको सरुवासँगै तीनदेखि चार जना सहसचिव पनि यताउता हुने अवस्था छ ।