कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले प्रदेशमा आज चैत १६ गते बिहीबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राम नवमीको अवसरमा दशवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

Advertisement 1

कर्णाली प्रदेशको विशेषगरी जुम्ला जिल्लामा बारुवाँ (चैत १२) गते मार्सी धानको बेर्नाका लागि खोला वा नदी किनारमा भिजाइएको मार्सीको बीउ घरमा ल्याएर चुल्हो नजिक राखी तताउने र टुसा निकालेर आलीमा छर्न योग्य बनाउने चलन छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष वि.सं. २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम चैत १६ प्रदेशस्थित सबै सरकारी, सार्वजनिक सङ्घसंस्थामा बिदा दिइएको बताए ।

प्रकाशित :२०७९ चैत्र १६, बिहीबार ०९:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry