सम्पत्ति जाँच्ने हाकिमलाई महावाणिज्यदूत,छेन्दु पठाइए राउत
रणनीतिक हिसाबले निकै महत्वपूर्ण मानिएको सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागमा हाकिम तारानाथ अधिकारी सरुवामा परेका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै दिल्लीको महावाणिज्यदूत बन्न पुगेकी नीता पोखरेल आफ्नो चार बर्ष कार्यकाल पूरा गरेर फिर्ता भएसँगै रिक्त रहेको दिल्लीको महावाणिज्यदूतको जिम्मेवारी अधिकारीलाई दिइएको छ ।
शुक्रवारको क्याविनेट बैंठकले अधिकारीसहितका तीन सहसचिवहरुको सरुवा गरेको हो । सरकारले सम्पत्ति शुद्धीकरण विभागको जिम्मेवारी पुष्प शाहीलाई दिएको छ ।
Advertisement 1
अधिकारीलाई दिल्लीको महावाणिज्यदूतको जिम्मेवारी दिएर पठाएको छ । यस्तै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुरेश राउतलाई छेन्दुमा महावाणिज्यदूतको रुपमा खटाइएको छ ।निजामती वृत्तमा महाबाणिज्यदूत पदलाई आकार्षक मानिन्छ ।
यता स्थापना भएको १२ बर्षमै सम्पत्ति शुद्धीकरणमा १५ जना महानिर्देशकहरु परिवर्तन भइसकेको छ । विभागको पहिलो महानिर्देशक थिए खुमराज पुञ्जाली,त्यस यता मुक्तिनारायण पौडेल,राजेन्द्र प्रसाद नेपाल,सुर्य प्रसाद आचार्य, चुडामणि शर्मा, अर्जुन प्रसाद पोखरेल, केवल प्रसाद भण्डारी,दामोदर रेग्मी,किशोरजङ्ग कार्की,जीवन प्रकाश सिटौला,रुपनारायण भट्टराई महानिर्देशक भए । उनै भट्टराइले २२ महिना डिजी चलाउँदा सबैभन्दा बढी ३८ वटा मुद्दा अदालत गएको, जसमा डन, व्यापारी, नेताहरूसम्म थिए । तर, एउटा सहकारीमाथि छानबिन गर्न खोज्दा भने प्रधानमन्त्रीको सचिवालयकै टिम लागेर हुत्याइयो र राष्ट्रपतिको कार्यालयबाट अवकाश पाएका थिए ।
उनी पछि त्यहाँ हाकिमका रुपमा भित्रिए गजेन्द्रकुमार ठाकुर,ठाकुर पछि त्यहाँ प्रेम प्रसाद भट्टराई हुँदै अघिल्लो बर्ष तारानाथ अधिकारीलाई लगिएको थियो ।