‘हिम्मतवाली’ यामकुमारी गुरुङको लमजुङ विद्युत प्राधिकरणमा इन्ट्री

अञ्जनकुमार हिमाली
महिला हाकिम भन्न साथ ओठ लेप्राउने, अलि हेयसंगै अपत्यार मान्ने जमात यो पुरुषबादी भीडको दोकानमा घटेको कहाँ छ र ! महिला नी हाकिम, महिला नी चालक, महिला नी पाइलट, यस्तै उपसर्ग लगाएर दक्षता, क्षमता भन्दापनि लैंगिक जोड घटाउमा व्यक्तित्व पहिचान गर्न खोज्ने, हत्तपत्त महिला कार्यालय प्रमुख माथि विश्वास नगर्ने, हतोत्साही बनाउन खोज्नेहरुको भीडमा एउटा फरक धारबाट उदाएकी पात्र हुन विद्युत प्राधिकरण लमजुङकी कार्यालय प्रमुख याम कुमारी गुरुङ ।
लमजुङ विद्युत प्राधिकरण लथालिङ्गको अवस्थामा थियो । २०५४ सालदेखि लमजुङ्ग विद्युत उपभोक्ता संस्थाको हालीमुहाली । त्यसमा पनि केही सीमित व्यक्तिले संस्थालाई आफ्नो निजी कम्पनी जस्तै ठानेर भकारी भर्ने काम  राम्रै गरेका थिए । लामो समय प्राइभेट कम्पनीको निगरानीमा रहेको विद्युत प्राधिकरणलाई राज्यको दायित्वमा ल्याउन कम चुनौती थिएन । त्यत्ति मात्र कहाँ हो र वर्षौं देखि उपभोक्ता संस्थाले प्राधिकरणलाई तिर्नुपर्ने ३ करोड १२ लाख भन्दा बढी बक्यौता रकम तिरेको थिएन । ग्राहकसग संकलित रकम हिनामिना भएको आरोप उपभोक्तालाई थियो । जब २०७६ भदाै १७ गते प्राधिकरणमा  यामकुमारी गुरुङको इन्ट्री भयो । लमजुङको बसाइँ सकिनै लाग्दा गुरुङले बक्यौता रकम मात्रै उठाईनन् उपभोक्ता समूहको चंगुलबाट २०७८ पौष २३ गते प्राधिकरणको मातहतमा ल्याई छाडिन् ।
यसमा तत्कालिन सिडिओ कृष्णप्रसाद शर्मा र होमप्रसाद लुइँटेलको भूमिका कै कारण प्राधिकरणले उपभोक्ता समूहको आहालबाट जनतालाई मुक्ति दिलाउन सफल भयो। यस भन्दा अघि भएका कुनै पुरुष हाकिमले त्यो आँट गर्न सकेनन् । तर गुरुङको साहस र हिक्मतको अगाडि उपभोक्ता समुहको कुनै जोडबल चलेन । उनले पश्चिम विद्युत उपभोक्ता समुहलाई पनि प्राधिकरणको अन्डरमा ल्याउन सफल भइन् । सो संस्थाले तिर्न १ करोड रकम पनि उसुली गरिन् । भने सो मध्यनेपाल नगरपालिका क्षेत्रमा रहेको पश्चिम नेपाल विद्युत उपभोक्ता समुह अन्तर्गत पनि ३३ केभि प्रसारण लाइनलाई नै जोड्न सफल भइन्। अहिले लमजुङ्गका १८ हजार ग्राहकलाई प्राधिकरणले प्रत्यक्ष सेवा प्रदान गरेको छ । काठका सबै पोल विस्तापित गरेको छ । नाङ्गा तार हटाएर कालो तार लगाउने योजना बनेको छ । सबै सरकारी कार्यालयहरुमा बेसीशहर फिडर अन्तर्गत लाइन जोड्ने काम भएको छ । भने, प्राधिकरणले ३० युनिट भन्दाकम युनिट विद्युत खपत गर्ने ग्राहकले ३० रुपैयाँ मात्र तिरे सुख पाएका छन् । एउटै सबस्टेशनबाट धेरै लाइन विस्तार गर्दा हुने लोडले गर्दा बत्ती गइरहने समस्याको समाधान बावजुत अब सब स्टेशनहरु टुक्राएर तीनवटा फिडर थपिने छन् ।
काम मात्रै भएको छैन । महिला हाकिम भएको अफिसमा मितव्ययिता, शून्य भ्रष्टाचार पनि हुने गरेको पाइएको छ । लमजुङ जिल्ला मा रहेका सरकारी कार्यालय हरुमा अहिले नापी कार्यालयमा हेलिना श्रेष्ठ, घरेलुमा मीता थापा, र निर्बाचनमा सिर्जना मिश्र गरी जम्मा चार कार्यालय प्रमुख छन् जुन कार्यालय कुनै फुर्तीफार्ता हाकिमको भन्दा कम नभएको गुरुङले दाबी गरिन् ।
प्रकाशित :२०७९ असार ११, शनिबार ११:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry