सञ्चार सचिवमा राउत, जगेडामा अर्याल

अवकाशको मुखमा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल सरुवामा परेका छन् । पछिल्लो क्याविनेट बैंठकले सञ्चार सचिव अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा लगेर थन्काइ त्यहाँ मधेश प्रदेशका सचिवलाई तानिएको हो ।

Advertisement 1

सञ्चार सचिवमा मधेश प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई भित्राइएको छ । अबको तीन महिना पछि नै अवकाशमा जान लागेका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा लगेर थन्काइएको छ ।
यस अघि विना कसुर चार महिनाभन्दा बढी समयदेखि जगेडामा राखिएका थिए सचिव रामप्रसाद थपलिया । उनलाई हालैमात्र तथ्यांक विभागको सचिवको रुपमा खटाइएको थियो । उनी पनि तीन महिना पछि अवकाशमा जाँदैछन् ।

राउत सञ्चारमा भित्राइएसँगै दुई वटा प्रदेश प्रमुख सचिवविहिन बन्न पुगेको छ । कोशी प्रदेशबाट गत भदौंमा गृहमा विनोद सिंहलाई भित्राइएसँगै झण्डै ६ महिनादेखि प्रमुख सचिव विहिन अबस्थामा चलिरहेको छ भने मधेश प्रदेश पनि प्रमुख सचिवविहिन बन्न पुगेको हो ।

प्रकाशित :२०७९ चैत्र १५, बुधबार १२:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry