घुस्याहा हाकिमलाई उन्मुक्ति दिएपछि अख्तियार ‘फायर’,पुग्यो सर्वाेच्च

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान दह्रा र नग्रा विनाको घाइते बाघजस्तो बन्न पुगेको छ ।
अख्तियारले दायर गरेका भ्रष्टाचार मुद्धा विशेष अदालतले उल्टाइदिन थालेपछि अदालत यस्तो हालतमा पुगेको हो । विशेषले गरेका फैसलामा चित्त नबुझेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वाेच्च धाउने सिलसिला जारी छ ।
अस्तिमात्र अख्तियार विशेष अदालतविरुद्ध सर्वाेच्च अदालतमा पुगेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन अध्यागमन विभागका अधिकृत कमलप्रसाद पराजुलीविरुद्ध विशेष अदालतले गरेको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

Advertisement 1

विशेष अदालतले पराजुलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १२ को कसूरमा दोषी ठहर गर्दै दुबै कसूरमा १० महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने तथा अन्य आरोपमा दाबी नपुग्ने फैसला गरेको थियो । साथै, सो मुद्दामा मुछिएका अन्यले सफाई पाएका थिए । पराजुलीले अध्यागमन विभागमा हुँदा घुस लिएको र गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

त्यस्तै, श्रम स्वीकृति नलिई दुबई, कतारलगायतका देशमा मानिसहरु पठाउने, ती देशमा ट्रान्जिट भई अन्य मुलुकमा जान प्रस्थान अनुमति दिने र अभिलेख मेटाउने गरेको उनीमाथि आरोप थियो । २०७६ साउन २१ गते पराजुलीलाई अख्तियारले पक्राउ गरेको थियो ।

Advertisement 2

उनीसहित मनहरी बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, विजय सापकोटा, शैलेन्द्र ढकाल, वीरसिङ भण्डारी, पदमप्रसाद बजगाईं, जगदिशचन्द्र नेपाली तथा कम्प्युटर अपरेटरहरु रोशन गौतम र भोजप्रकाश न्यौपानेविरुद्ध पनि अख्तियारले २४ लाख ८० हजार रुपैयाँ बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले कमल पराजुलीसँगै मनहरी बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, विजय सापकोटा, शैलेन्द्र ढकाल, वीरसिङ भण्डारी, पदमप्रसाद बजगाईं, जगदिशचन्द्र नेपाली तथा कम्प्युटर अपरेटरहरू रोशन गौतम र भोजप्रकाश न्यौपानेविरुद्ध २४ लाख ८० हजार रुपैयाँ विगो दावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

प्रकाशित :२०७९ चैत्र १२, आईतवार १६:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry