चौतारीका पत्रकारहरुले चाबी ठोकेपछि…

अञ्जनकुमार 
बाह्र बर्षपछि त खोला नि फर्कन्छ भने झै चौतारी समर्थकहरुको हातबाट प्रेस युनियन समर्थकको पोल्टामा पत्रकार महासघ लमजुङको तालाचाबी पुगेपछि शुद्धीकरणका नाममा चौतारी समर्थक पत्रकारमाथि कैँची चलाउँदा पत्रकार महासघको दैलोमा चौतारीका पत्रकारहरुले चाबी ठोकेका छन ।

Advertisement 1

महासंघ गण्डकी प्रदेशले साउन १० गते पत्रकार शुद्धीकरण भन्दै लमजुङ अध्यक्ष हुँदै महासंघको निवर्तमान केन्द्रीय सदस्य छानबिन समिति कै सदस्य तथा अन्नपूर्ण पोस्ट दैनिकका पत्रकार नवीन कुँइकेल, अग्रज पत्रकार तथा पुर्व अध्यक्ष लमजुङ दर्पणका प्रकाशक तथा सम्पादक कृष्ण केसी लगायत सदस्यहरु जनक श्रेष्ठ, श्रीकला भण्डारी, रेडियो मर्स्याङ्दीका सरोज बिश्वकर्मा लगायत माथि कैँची चलाएपछि आन्दोलित बनेको प्रेस चौतारीले बिज्ञप्ती जारी गर्दै पत्रकार महासंघ लमजुङ शाखामा तालाबन्दी गरेको हो ।

प्रेस चौतारीले जिल्लाबाट सिफारिस सदस्यहरुको नामावलीमा समेत प्रदेश समितिले आस्थाका आधारमा नाम हटाएको, जो पत्रकारिता पेशामै क्रियाशील नभएकालाई खुकुलो मन गरेको, प्रदेश समितिले महासंघलाई पत्रकारितामा क्रियाशील प्रेस चौतारीविहीन बनाउन र गैरपत्रकारिता पेशामा आवद्धहरूको झुण्ड बनाउन खोजेको आरोप लगाउदै यो निर्णय नसच्चाए, पत्रकार महासंघ लमजुङ यस बिषयमा जिम्मेवार र आधिकारिक धारणा सार्वजनिक नगरे प्रेस चौतारी नेपाल लमजुङले पत्रकार महासंघ लमजुङ शाखामा हिजो (बिहीबार)देखि अनिश्चितकालीन तालाबन्दी गरिएको जनाएको छ ।
उता गण्डकी प्रदेश पत्रकार महासघ भने अझ कडा बन्दै १० बर्षदेखि नविकरण नगरेको रेडियो लमजुङका स्टेशन म्यानेजर रामजी राना, रेडियो मर्स्याङ्दी कि निर्देशक मिना गुरुङ रेडियो भोटेवडारका रुद्र ढकाललाई समेत हटाउने योजनामा रहेको एक श्रोतले जानकारी गराएको छ ।

प्रकाशित :२०८० श्रावण १२, शुक्रबार १६:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry