रसुवाबाट १९ जनासहित देशभरबाट राष्ट्रिय सहिदको सूचीमा ८ हजार ३७१ जना
Advertisement 1
प्रचण्ड नेतृत्वको सरकारले सशस्त्र द्धन्द र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरेको छ । गत फागुन १५ को क्याविनेटको निर्णय अनुसार नै गृह मन्त्रालयले सहिदको सूची राजपत्रमा प्रकाशित गरेको हो ।
जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको देशभरका जिल्ला प्रशासन कार्यालयबाट अभिलेख संकलन गरी ८ हजार ३७१ जनाको नामावली राजपत्रमा प्रकाशित गरेको छ ।
सूची अनुसार सबैभन्दा बढी रोल्पाका ७५३ जना सहिद रहेका छन् भने त्यसपछि क्रमशः दोस्रोमा रुकुमका ५८४ जना, तेस्रोमा कालिकोटका ४३३ जना रहेका छन् । यस्तै हिमाली जिल्ला रसुवाबाट १९ जना सहिदको सूचीमा अटाएका छन् ।
Advertisement 2
प्रकाशित :२०७९ चैत्र ४, शनिबार १९:२०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%