प्रेस स्वतन्त्रता हननका घटना बढ्दो
पछिल्लो समयमा प्रेस स्वतन्त्रता हननका घटना बढ्दै गएका छन् । तुलानात्मक रूपमा यसवर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।
Advertisement 1
महासङ्घको अभिलेखानुसार सन् २०२० मा ५२ प्रेस स्वतन्त्रता हननका घटना भएका थिए भने सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ बिहान ११ः०० बजेसम्म ६२ प्रेस स्वतन्त्रता हननका घटना भएका छन् ।
उक्त घटनामा १९० पत्रकार पीडित भएका र चार सञ्चारमाध्यम प्रभावित हुन पुगेको महासचिव रोशन पुरीले जानकारी दिए । यसवर्ष पत्रकारमाथि ३२ वटा धम्की तथा दुव्र्यवहारका घटना भएको र पेशागत असुरक्षाका १० घटना भएको महासङ्घको अध्ययनले देखाएको छ । त्यसैगरी कब्जा र अवरोधका १० घटना भएका छन् भने पत्रकार आक्रमणका पाँच घटना भएका छन् ।
Advertisement 2
यसैगरी पत्रकार गिरफ्तारीका चार घटना छन् भने नीतिगत बन्देजको एक घटना भएको महासङ्घको अभिलेखमा छ । नेपाल प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देलले संविधानमा व्यवस्था गरिएको पूर्ण प्रेस स्वतन्त्रताको पूर्ण रुपमै कार्यान्वयन गरेको खण्डमा प्रेस स्वतन्त्रता हननका घटनामा कमि आउने धारणा राखे।
समग्रमा यस वर्ष पनि समाचारका विषयलाई लिएर वा समाचार सङ्कलनका क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुव्र्यवहारलगायतका घटनाबाट पत्रकार तथा सञ्चारमाध्यम पीडित हुन पुगेका छन् । भ्रष्टाचार, अनियमिततालगायतका समाचार लेख्दा वा प्रसारण गर्दा पत्रकार र सञ्चारमाध्यमले यस्तो समस्या बेहोर्नु परेको छ । विभिन्न समूहले गरेको विरोध प्रदर्शनको समाचार सङ्कलनका क्रममा प्रहरीको लाठी प्रहारबाट पत्रकार घाइते हुन पुगेका छन् । यस वर्ष सार्वजनिक कार्यक्रमका समाचार सङ्कलनमा पत्रकारलाई रोक लगाउने कामले निरन्तरता पाएको छ ।
Advertisement 3
संसद्, संसदीय समितिका बैठक, मन्त्रीको सपथग्रहण वा विभिन्न राजनीतिक दलका महाधिवेशनलगायतमा पत्रकारलाई समाचार सङ्कलनका क्रममा अवरोध गरिने तथा रोक लगाउने गरिएको छ । प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले निर्माणका क्रममा रहेका आमसञ्चारसँग सम्वन्धित ऐन÷कानून, मस्यौदालाई सम्बन्धित निकायको सुझावका आधारमा संशोधन वा परिमार्जन गरी ल्याउनुपर्ने र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।