यु–१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी। राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र चन्दले १६ वर्षमुनिका क्रिकेट खेलाडीका लागि निःशुल्क प्रशिक्षण सञ्चालन गरेका छन्।

Advertisement 1

दशरथचन्द नगरपालिका–५ सुन्दरखालीस्थित मैदानमा आजदेखि सञ्चालन भएको प्रशिक्षणमा ४८ खेलाडी सहभागी छन्। मैदानमा अभ्यास खेल जारी छन्।

स्थानीयस्तरमा क्रिकेटको विकास र प्रतिभा पहिचानका निम्ति ‘क्लोज क्याम्प’ सञ्चालन गरिएको मुख्य प्रशिक्षक दीपेन्द्र चन्दले राससलाई बताए। जिल्ला क्रिकेट सङ्घले पनि प्रशिक्षणमा सघाउने बताएको छ।

Advertisement 2

–––

प्रकाशित :२०८२ चैत्र २९, आईतवार ११:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry