सात दिनभित्र व्यक्तिगत विवरण अध्यावधिक गर्न किताबखानाको निर्देशन
राष्ट्रिय निजामती कितावखानाले नेपाल सरकारका सचिव र सह सचिव सरहका कर्मचारीहरुकालागि आगामी साता दिन भित्र आफ्नो व्यक्तिगत विववरण अद्यावधिक गर्न सूचना जारी गरेको छ ।
कर्मचारीको सरुवा वढुवा र पदस्थापन विज्ञताका अधारमा गर्ने सरकारको तयारीपछि कितावखानाले यस्तो सूचना जारी गरेको हो । कतिपय कर्मचारीको शुरू सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा बढुवाको विवरण समेत अद्यावधिक नरहेकाले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको राष्ट्रिय किताबखानाका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिए ।यो निर्णय सबै सेवा समूहका कर्मचारीकालागि हो उनले भने । निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्था वमोजिम यस्तो निर्णय गरेको वुझिएको छ ।
सचिव र सहसिचवको पदमा पुगेका कर्मचारीपनि शुरुमा खरिदार वा नासु सरहको पदवाट सेवा प्रवेश गरेको भए उनिहरुको व्यक्तीगत विवरणमा एसएलसी वा प्रविणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहको छ । विवरण अद्यावधिक गर्न कितावखानाको वेभसाइडमा रहेको इमेल मार्फत वा स्वय कागजात लिइ पुल्चोकस्थित कार्यालयमा गइ विवरण अवधिक गर्न सकिने कितावखानाले जनाएको छ । हाल निजामती सेवामा सचिव सरहका ७० र सहसचिव सरहका सबै सेवा समूहका झन्डै ७ सय ५३ कर्मचारीहरु कार्यरत रहेका छन ।
Advertisement 1
सघिय निजामती सेवा एन जारी हुन लागेको र सरकारले विज्ञताका अधारमा कर्मचारी खटाउने भनिरहेकै समयमा व्यक्तीगत विवरण अधावधिक गर्न लाग्नुलाइ अर्थपूर्ण रुपमा हेरिएको छ ।