लोक सेवा विरुद्ध १ सय ६० ओटा रिट

लोक सेवा आयोगलाई विपक्षी बनाई यो वर्ष १ सय ६० ओटा रिट निवेदन परेको छ ।

Advertisement 1

आर्थिक वर्ष २०७८/०७९ को अवधिमा न्यूनतम शैक्षिक योग्यता सम्बन्धी, कर्मचारी समायोजन सम्बन्धी सङ्गठित संस्थाको सेवा, शर्त तथा सुविधाका विषयमा परामर्श तथा पदपूर्ति सम्बन्धी, नागरिकता बिना दरखास्त फाराम भर्ने सम्बन्धी, बढुवा उजुरी सम्बन्धी, नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक वदुवा सम्बन्धी १ सय ६० ओटा रिट निवेदन परेको हो ।

लोक सेवा आयोगले गरेका निर्णय विरुद्ध प्रशासकीय अदालतमा ५ वटा, उच्च अदालतमा २२ वटा र सर्वोच्च अदालतमा १ सय ३३ वटा गरी कुल १ सय ६० वटा पुनरावेदन र रिट निवेदन परेका थिए। जसमध्य न्यूनतम शैक्षिक योग्यता सम्बन्धी ६ ओटा, कर्मचारी समायोजन सम्बन्धी ६० ओटा, सङ्गठित संस्थाको सेवा, शर्त तथा सुविधाका विषयमा परामर्श तथा पदपूर्ति सम्बन्धी १८ ओटा, नागरिकता बिना दरखास्त फाराम भर्ने सम्बन्धी ५ ओटा, बढुवा उजुरी सम्बन्धी ५ ओटा, नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक बढुवा सम्बन्धी ३ ओटा र विविध गरि ६३ ओटा रिट निवेन परेको छ ।

प्रकाशित :२०७९ फाल्गुन २७, शनिबार १४:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry