प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ ।हिजो न्यायधीश विश्वम्भर श्रेष्ठको एकल इजलाशमा रिट सुनुवाईका लागि पेसी तोकिएको थियो तर हेर्न नभ्याइएको भन्दै स्थगित भएको रिटको आजका लागि पेसी तोकिएको हो ।

Advertisement 1

दुई बर्ष अघि प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको आधारमा प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग रिट निवेदकले गरेका छन् ।

उक्त अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

Advertisement 2

यसअघि, उनीहरूको रिट अदालत प्रशासनबाट दरपीठ भएको थियो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दरपीठको आदेश शुक्रबार बदर गरेको थियो । दरपीठ आदेश बदर भएसँगै गएको मंगलबार प्रचण्डविरुद्ध अदालतमा रिट दर्ता भएको हो ।

प्रकाशित :२०७९ फाल्गुन २६, शुक्रबार ०७:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry