नेपाली काँग्रेसका कार्यकर्ता सामान्य प्रशासन मन्त्रीको सल्लाहकार,कर्मचारी सरुवामै देखिन थाल्यो ‘साइड इफेक्ट’
तुलनात्मक रुपमा कर्मचारी प्रशासनमा केही सुधारका यत्न गर्दा गर्दै अमनलाल मोदी बर्हिगमनमा परेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विवादमा पर्न थालेको छ । जनमत पार्टीबाट मन्त्री बनेकी अनिता देवी साहले आफ्नो अवैतनिक सल्लाहकारका रुपमा काग्रेसका स्थानीय तहका सभापतिलाई भित्र्याएसँगै मन्त्रालयले गर्ने सरुवामा ट्रेड युनियनवालाहरु हावी हुन थालेपछि सामान्य प्रशासनले गर्ने सरुवा झनै भद्रगोल देखिने भएको हो ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएको ६ दिन पछि नै मन्त्री साहले आफ्नो अवैतनिक सल्लाहकार रुपमा मन्त्रालयमा भित्र्याइएकी छिन्,बुद्धि न्यौपानेलाई । उनै बुद्धिसँग मिलेर काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका टाउकाहरु चलखेल र बदमासी गर्न थालेपछि कर्मचारी सरुवामा मन्त्रालय झनै बदनामी कमाउने देखिएको छ ।
मन्त्री साहले सल्लाहकारको रुपमा भित्र्याइएको व्यक्तिकै कारण अनितालाई पहिलो गासमै ढुंगा लाग्न पुगेको छ । उनले झापाका बुद्धिराज न्यौपानेलाई आफ्नो अवैतनिक सल्लाहकारको रुपमा नियुक्त गरेकी छिन् ।
Advertisement 2
अनिताले सल्लाहकारको रुपमा भित्र्याएका न्यौपाने झापा कमल गाउँपालिका नेपाली कांग्रेसका सभापति हुन । ०६४ को अन्तरिम सरकारका गृहमन्त्री कृष्णप्रसाद सिटौलाका स्वकीय सचिव थिए । पछि विवादमा परेपछि हटाइएका नेतालाई के आधारमा जनमतले सल्लाहकारको रुपमा सामान्य प्रशासन मन्त्रालयमा भित्र्याएको हो बुझ्न सकिएको छैन ।
Advertisement 3
बुद्धीलाई भदौं ३ गते नै नियुक्ति पत्र थमाइएको भेटिएको छ । उनलाई दिइएको नियुक्ति पत्रमा भनिएको छ,तपाईलाई मेरो सचिवालयमा आवश्यक सल्लाह,सुझाव र सहजीकरण गर्न अवैतनिक सल्लाहकारको रुपमा नियुक्त गरेको छु । मेरो प्रत्यक्ष निर्देशनमा र समन्वय गरी इमान्दारीपूर्वक आफ्नो दायित्व पूरा गर्न कु्रामा विश्वाश लिएको छु ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले मन्त्रालय सम्हालेको १७ दिनपछि बल्ल नीजि सचिव भेटेकी छिन् । साउन २९ मा मन्त्री बनेकी साहको नीजि सचिवका रुपमा उपसचिव राकेश पाण्डे नियुक्त भएका छन् ।
साह मन्त्री बनेको १७ दिनपछि बल्ल नीजि सचिव नियुक्त भएका हुन । राजनीतिमा लागेको तीन बर्षमै मन्त्री पद हात पारेकी मन्त्री साहले सचिवालयलाई १८ दिन बित्दा समेत पूर्णता दिन सकिरहेकी छैनन् । अमनलाल मन्त्री हुँदा त्यहाँ कार्यरत रहेका सचिव कृष्णहरि पुष्कर प्रधानमन्त्री तथा मपिरिषद्को कार्यालयमा पुगेका छन् । त्यहाँ प्रधानमन्त्री कार्यालयबाट विनोद सिंहलाई सचिवको रुपमा भित्र्याइएको छ ।
यस अघि कर्मचारी प्रशासन फाँट हेर्दै आएका हेमराज तामाङ पर्यटनमा,मन्त्रीको नीजि सचिव ज्ञाननाथ ढकाल र उपसचिवद्वय खिलराज राई र कमानसिंह थापामगर गृहमा फर्किसकेका छन् । अहिले मन्त्रालयमा कर्मचारी प्रशासन फाँट हेर्ने कर्मचारी समेत नियुक्त हुन सकेका छैनन् ।
पछिल्लो समय नियम कानुन अनुसार मिल्दै नमिल्ने सरुवा समेत भइरहेको छ । जस्तो बढूवा भएको तीन महिना समेत नभएका कर्मचारीलाई सरुवा गरिएको समेत भेटिएको छ,सामान्य प्रशासनबाट । काँग्रेस निकटका सल्लाहकार सामान्य प्रशासनमा भित्रिएसँगै केही काँग्रेसी कर्मचारी ट्रेड युनियनका उच्च पदस्थ कर्मचारीले बोलकबोलमा ती कर्मचारीहरुको सरुवामा लाभ लिँदै आएको चर्चा अहिले सामान्य प्रशासन मन्त्रालयभरी व्याप्त छ । जस्तो पछिल्लो केही उदाहरण मोरङको अध्यक्ष पर्शु मण्डल, बढुवा भएको १ महिनामै नदी नियन्त्रण आयोजना काज सरुवा भएका छन् ।सामान्यतया बढुवा भएर नियुक्ति पाएका कर्मचारीलाई २ बर्षसम्म चलाइदैन तर उनको काजमा सरुवा भइसकेको छ ।
यस्तै राकसका सचिव नासु गणेश पौडेल मदन भण्डारी आयोजनामा पुगेका छन् । उनी पनि हालैमात्र बढूवा भएका हुन । यस्तै,समावेशी आयोगका रमेश दासलाई ललितपुर समन्वय समितिमा खटाइएको छ । यसरी सयौंका संख्यामा कर्मचारी गुपचुप रुपमा चलाइएको सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ ।पूरानो मिति लागेर अहिले बोलकबोलमा धमाधम सरुवा चलिरहेको सामान्य प्रशासन स्रोतले जनाएको छ ।