नेपाल प्रहरीका १३ डीआईजीको कहाँ भयो पदस्थापन ?

नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरिएको छ । वैशाख ६ गते बढुवा भएका डीआईजीलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो ।

Advertisement 1

तीन जना डीआईजीले प्रदेश प्रमुखको जिम्मा पाएका छन् । डीआईजी राजेशनाथ बास्तोला कोशी प्रदेश, जनक भट्टराई मधेश प्रदेश र भरतबहादुर बोहरा सूदूरपश्चिम प्रदेशमा पदस्थापन भएका हुन् । यस्तै सीआईबीमा यज्ञविनोद पोख्रेल, विमानस्थलमा अर्जुन चन्द ठकुरी र महानिरीक्षकको सचिवालयमा कुवेर कडायतले जिम्मेवारी पाएका छन् ।

को कहाँ ?

Advertisement 2

बिष्णुकुमार केसी – नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल

भरतबहादुर बोहरा – सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलाली

Advertisement 3

रविन्द्र केसी – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज

राजेशनाथ बास्तोला– कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर

चन्द्रकुवेर खापुङ– अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौं

जनक भट्टराई – मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषा

लालमणि आचार्य– काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं

सुरेन्द्रप्रसाद मैनाली– अपराध अनुसान्धान निर्देशनालय नक्साल, काठमाडौं

अर्जुनचन्द ठकुरी– साइबर ब्यूरो भोटाहिटी काठमाडौं

यज्ञविनोद पोखरेल– केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंज, काठमाडौं

विकासराज खनाल– नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग निर्देशनालय, नक्साल काठमाडौं

कुवेर कडायत – प्रहरी महानिरीक्षकको सचिवालय

केदार ढकाल – प्रबन्धन निर्देशनालय

प्रकाशित :२०८० बैशाख १४, बिहीबार ०९:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry