अर्थ मन्त्रालय भन्छ :- सबैको समान १५ प्रतिशतमात्र तलब बढेको हो

सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गत २६ गतेको क्याविनेटले गरेका २ दर्जन निर्णयहरु सार्वजनिक गरेका छन् । जस्को बुँदा नम्बर पाँचमा उल्लेख गरिएको छ सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र, नेपाल स्वास्थ्य, संसद सेवा तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने ।

Advertisement 1

यो निर्णयले कर्मचारी वर्गमा संशय पैदा गरेको छ । केही कर्मचारीहरुको तर्क छ संसद सेवाका ४३ सांसदले गरेको प्रयास अनुसार,क्याविनेटले मर्यादाक्रम अनुसार नयाँ तलबमान सार्वजनिक गरेको हो अनि केही कर्मचारीहरु चाहिँ गत बजेट बक्तव्यमा समावेश भए अनुसार सबै कर्मचारीहरुको समान १५ प्रतिशत तलब बृद्धि भएको ।

सरकारले साता दिन अघि मात्र  मर्यादाक्रम अनुसार तलबमान मिलाउन भन्दै सरकारले अधिकृतको तलब २४ प्रतिशत,२३ दशमलव ३ प्रतिशत, सहसचिवहरूले २३ दशमलव ३ प्रतिशत र सचिवहरूले १८ दशमलव ४ प्रतिशत बढाउने प्रस्ताव गरेको थियो ।

Advertisement 2

सोही प्रस्ताव अनुसार क्याविनेटले नयाँ तलबमान सार्वजनिक गरेको हो ?
यो बिषयमा इकर्मचारी डटकमले अर्थमन्त्री जनार्दन शर्मासँग जिज्ञासा राख्न खोज्यो मन्त्री शर्मा संसदमा रहेका कारण उनी टेलिफोन सम्पर्कमा उपलव्ध हुन सकेनन् । हामीले अर्थका उच्च अधिकारी र अर्थ मन्त्रीका नजिक रहेर काम गरिरहेका केही कर्मचारीहरुलाई जिज्ञासा राख्दा उनीहरुले  यो नयाँ प्रस्ताव अनुसारको तलब बृद्धि नभई गत १५ जेठको बजेट कार्यक्रममा उल्लेख भएअनुसारको सबै कर्मचारीहरुको समान १५ प्रतिशत नै तलब वृद्धि भएको र सोही अनुसारको नयाँ तलबमान लागू गर्ने निर्णय गरिएको जनाएका छन् ।

 

प्रकाशित :२०७९ श्रावण २९, आईतवार १४:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry