रवि लामिछानेको बचाउमा उत्रिएका वकिललाई न्यायधीशले र्याखर्याख्ती पारेपछि…

रवि लामिछानेको नागरिकता र राहदानीको बिषयमा परेको मुद्धामाथिको रिट सुनुवाई सकिएको छ ।
Advertisement 1
आज रविको पक्षबाट वरिष्ठ अधिवक्ताहरु नरेन्द्र केसी,आशिष अधिकारी, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका थिए।
रविको बचाउमा उत्रिएका अधिवक्ता नरेन्द्र केसीले बहस गरिरहेको अबस्थामा उनलाई रोक्दै सर्वाेच्चका न्यायधीश ईश्वर खतिवडाले प्रश्न गरे, सन २०१५ मा उहाँले नेपाली राहदानी लिएको देखिन्छ । खारेज भइसकेको नेपाली नागरिकताबाट कसरी नेपालकै राहदानी जारी भयो ? स्वत खारेजीमा परेको नागरिकताबाट राहदानी जारी गर्न नेपालको कानुनले कसरी दिन्छ ?
Advertisement 2
उनले पासपोर्ट लिए पनि प्रयोग नगरेको जवाफ दिएका हुन । न्यायधीश ईश्वर खतिवडाले भने रविले नागरिकता त्यागेको अहिलेसम्म राज्यलाई थाहा नभएको बताए ।
यस्तै रिट निवेदकका तर्फबाट रमन कर्ण, सुरेन्द्र भण्डारी,कीर्तिनाथ शर्मा पौडेलले लगायतले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको छ ।
Advertisement 3
अधिवक्ता सुरेन्द्र भण्डारीले रवि लामिछानेमा कानुन मिच्ने प्रवृत्ति पहिलेदेखि नै रहेको जिकिर गरे । बहस सकिएसँगै न्यायधीशहरु फैसलाबारे छलफलमा जुटिरहेका छन् ।