आज फागुन १५, सार्बजनिक बिदा

आज फागुन १५ गते अर्थात् मगर दिवसका दिन विभिन्न जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । निसीखोला गाउँकार्यपालिकाको निर्णयानुसार मगर दिवसमा सार्वजनिक बिदा दिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर चन्दले जानकारी दिए ।

Advertisement 1

त्यस्तै नवलपरासी (बर्दघाट सुस्तापूर्व) का आठवटै पालिकाले नेपाल मगर सङ्घको ४१औँ स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् । जिल्लाका आठवटै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै सङ्घको स्थापना दिवसका अवसरमा फागुन १५ गते सोमबार आफ्नो मातहतका सबै कार्यालय बन्द हुने जानकारी गराएका हुन् ।
गुल्मीको चन्द्रकोट, कालीगण्डकी र सत्यवती गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

तीनवटै स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । ती पालिकामा जनजातिको बाहुल्य रहेको र उनीहरूको चाड पनि भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएका छन् ।

Advertisement 2

मगरहरुको बाहुल्यता रहेको निसीखोलामा यस वर्ष पहिलो पटक सार्वजनिक बिदा दिने निर्णय भएको हो । मगर समुदायले बारम्बार सार्वजनिक बिदाको माग गर्दै आएको र राष्ट्रिय दिवसका रुपमा यसलाई मनाउने थालिएको फागुन १५ गते सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिए ।

प्रकाशित :२०७९ फाल्गुन १५, सोमबार ०७:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry