भौतिक पुर्वाधार तथा यातायात बिभागीय समिति गठन

संगठन बिस्तारलाई तिव्रता दिइरहेको एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, बिभागीय कार्यसमिति आयोजक कमिटीले आयोजना गरेको भेलाले बिभागिय कार्यसमिति गठन गरेको छ ।

Advertisement 1

शनिवार संगठनका उपत्यका बिशेष प्रदेश संयोजक हरिकाजी राईको प्रमुख आथित्यमा सम्पन्न भेलाले धनदेव जोशीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरेको हो । यसका अलवा आजको भेलाले आसन्न राष्ट्रिय अधिबेशनका लागि केन्द्रीइ प्रतिनिधी समेत चयन गरेको छ । यसका लागी संगठनका केन्द्रीय आर्थिक बिभाग प्रमुख दिनेश लम्सालको संयोजकत्वमा केन्द्रीय सदस्य तथा भौतिक पुर्वाधार इन्चार्ज धन बहादुर बुढा (डिबी) र केन्द्रीय सदस्य हरिहर गौतम सदस्य रहेको निर्वाचन समितिले निर्वाचन कार्यक्रम सम्पन्न गरेको थियो ।
कार्यक्रममा हरिकाजी राई , दिनेश लम्साल र धन बहादुर बुढा (डिबी) ले शुभकामना र संगठन निर्माणसम्बन्धी समसामयिक मन्तव्य राखेका थिए । आजको कार्यक्रममा आर्थिक बिभाग प्रमुख दिनेश लम्सालले सरकार ट्रेड युनियनप्रति सकारात्मकरूपमा प्रस्तुत हुन नसकेको सन्दर्भमा सदा चनाखो बन्दै जनताको सेवालाई प्राथमिकतामा राख्दै सौदावाजी गर्दै जानुपर्ने र सरकारको धारणा परिवर्तन ल्याउने गरी ट्रेड युनियन गतिबिधीमा लाग्न अनुरोध गरे । लम्सालले ट्रेड युनियनमा आबद्द भएकै कारण आउने धम्की र दुःख दिने नियतबाट नडराउन र समयमै जानकारी गराउन समेत आग्रह गरेका थिए ।

प्रकाशित :२०७९ फाल्गुन १३, शनिबार १८:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry