मन्त्रिपरिषदको बैठक :- बढुवादेखि,दुई चरणमा निर्वाचन हुने जिल्लाको टुंगोसम्म
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्ति दिने निर्णय गरेको हो। यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि विद्युत् प्राधिकरणमा यो पद खाली थियो। गत कात्तिक २१ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हितेन्द्रदेव शाक्यलाई कायममुकाय कार्यकारी निर्देशक बनाएको थियो। उर्जा मन्त्रालयको प्रस्तावमा सोमबारको क्याविनेट बैठकले उनै शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्ति दिएको हो।
यस्तै सोमबारको क्याविनेट बैठकले दुई चरणमा गर्ने गरी वैशाख १७ र २७ का लागि घोषित निर्वाचनबारे निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो । वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय र २७ वैशाखमा दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।जसअनुसार पहिलो चरणमा : -बारा, पर्सा, रौतहट, धनुषा, सप्तरी, सिरहा, सर्लाही, महोत्तरी, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, कास्की, तनहुँ, नवलपरासी (सुस्तापूर्व), गोरखा, लम्जुङ, म्याग्दी, बागलुङ, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, रोल्पा, प्युठान, नवलपरासी (सुस्ता पश्चिम), गुल्मी, रुकुम (पूर्व), कैलाली, कञ्चनपुर, बझाङ, बाजुरा, बैतडी, अछाम, डोटी, दार्चुला र डडेल्धुरासहितको ४० जिल्लामा निर्वाचन हुनेछ .
Advertisement 1
दोश्रो चरणमा :-इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, पाँचथर, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुर, तेह्रथुम, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रामेछाप, दोलखा, चितवन, सिन्धुली, सिन्धुपाल्चोक, हुम्ला, जुम्ला, मुगु, कालीकोट, सुर्खेत, दैलेख, डोल्पा, जाजरकोट, सल्यान, रुकुम (पश्चिम)गरी ३७ वटा जिल्लामा निर्वाचन हुनेछ ।