अख्तियारमा थुप्रिए २२ हजार उजुरी

sf7df8f}F, # c;f/ M /fli6«o ;/f]sf/ tyf ;dGjo ;ldlt a}7s /fli6«o ;/f]sf/ tyf ;dGjo ;ldltsf] cfOtaf/ l;+xb/af/l:yt sfof{nodf a;]sf] a}7sdf ;xefuL clVtof/ b'?kof]u cg';Gwfg cfof]usf k|d'v cfo'Qm k|]ds'df/ /fO{ e|i6frf/sf ljifodf s'/f /fVg'x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २२ हजारभन्दा बढी उजुरी थुप्रिएका छन् । केन्द्र र ७ वटै प्रदेश कार्यालयमा गरी अख्तियारमा पुससम्म २२ हजार १ सय २७ उजुरी परेका हुन् ।

Advertisement 1

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समिति बैठकमा हाजिर भएका अख्तियारका सचिव रामेश्वर दंगालले आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म २२ हजार ३५५ उजुरी परेको तथ्यांक प्रस्तुत गरेका हुन्। त्यसमध्ये ५० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित छन् ।स्थानीय तहमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायत धेरै काम हुने र सेवाग्राहीका विषय जोडिने भएकाले उजुरी बढेको आयोगको बुझाइ छ । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार स्थानीय तहपछि अख्तियारमा भूमि र शिक्षासँग सम्बन्धित उजुरी धेरै आएका छन् ।

तीमध्ये करिब आधा अर्थात् १२ हजार ५९२ उजुरी मात्रै फस्र्योट भएको उनले बताए। २३० वटा मुद्दामा पुनरावेदन गराएको उनले बताए। २०७९/८० मा जम्मा ३०.७ प्रतिशत कसुर स्थापित भएको उनले समिति सदस्यसमक्ष तथ्यांक प्रस्तुत गरे। सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा ८८.२४ प्रतिशत कसुर स्थापित भएको सचिव दंगालको भनाइ छ।

प्रकाशित :२०८० माघ २८, आईतवार ०७:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry