क्यान इन्फोटेक २०२३ भव्यताका साथ सम्पन्न

भृकुटीमण्डपमा भएको क्यान इन्फोटेक २०२३ तीन लाख मानिसले अवलोकन गरेका छन्। कम्प्युटर एसोसिएसन महासंघ ९क्यान०का अध्यक्ष रञ्जितकुमार पोद्दारले सोचेअनुसार नै अवलोकन कर्ताहरूको उपस्थिति भएको बताए।

Advertisement 1

मेलामा विद्यालयमा अध्ययनरत विद्यार्थीदेखि क्याम्पस स्तरमा टेक्नोलोजी अध्ययनरत विद्यार्थी र सूचना प्रविधिमा चासो राख्ने मानिसहरू अवलोकनका लागि आएका उनको भनाइ छ। आजबाट सकिएको इन्फोटेक मेला आगामी दिनमा सातै प्रदेशमा पनि सञ्चालन हुने पोद्दारले जानकारी दिए।

उनका अनुसार मधेसमा फागुन ५ देखि फागुन ९ सम्म, सुदूरपश्चिममा फागुन १३ देखि फागुन १७ सम्म, गण्डकीमा फागुन २६ देखि फागुन ३० सम्म र बागमतीमा चैत २ देखि चैत ६ सम्म क्यान इन्फोटेक हुनेछ। प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै नै क्यान इन्फोटेकको आयोजना मिति घोषणा हुने बताइएको छ।

प्रकाशित :२०७९ फाल्गुन १, सोमबार ०८:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry