बैंकका सीइओसँग निक्षेप तथा कर्जा सुरक्षण कोषको आधा दिन अन्तरक्रिया

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यमा सञ्चालित निक्षेप तथा कर्जा सुरक्षण कोषले मौजुदा सुरक्षण कार्यक्रममा पुनरावलोकनका साथै नयाँ सुरक्षण कार्यक्रमको आवश्यकता पहिचान सम्बन्धमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।

Advertisement 1

निक्षेप तथा कर्जा सुरक्षण कोषले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र कर्जा विभाग प्रमुखहरुको उपस्थितिमा “बैक वित्तीय संस्थाहरुको कर्जा सुरक्षण आवश्यकता र निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यक्रमहरुको अवस्था” विषयक आधा दिने अन्तरक्रियात्मक कार्यक्रम समपन्न गरेको छ ।

कार्यक्रममा कोषको सञ्चालक समितिका सदस्यहरु, बिभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु, नायव प्रमुख कार्यकारी अधिकृतहरु, कर्जा विभागका प्रमुखहरु, बैंक तथा वित्तीय संस्थाका अन्य प्रतिनिधिहरु, विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक लगायतका विकास साझेदार संस्थाका प्रतिनिधिहरु, कोषका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु तथा अन्य कर्मचारी र सञ्चारकर्मीहरु समेत गरी १२० जना बढी व्यक्तिको सहभागिता रहेको थियो

Advertisement 2

डा. ढुंगाना तिम्सिनाले साना निक्षेपकर्तालाई बैंक वित्तीय संस्थाहरुप्रतिको विश्वास अभिवृद्धि गर्न र साना कर्जाहरुको सुरक्षण मार्फत् न्यून आय आर्जन भएका गरिब जनतामा कर्जा प्रवाहका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गरी गरीवी निवारण गर्नका लागि कोषले महत्वपूर्ण योगदान गरेको बताइन् ।

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तथा कर्जा जोखिमलाई न्यूनीकरण गर्ने विभिन्न साधनहरुमध्ये सुरक्षण कार्यक्रम एक महत्वपूर्ण पक्ष रहेको विषयलाई प्रकाश पार्दै उनले यस प्रकारको जोखिम व्यवस्थापन गर्ने संस्थाको रुपमा रहेको कोषले आफ्नो जोखिम कोषलाई सुदृढ गर्दै अन्तर्राष्ट्रिय प्रचलन अनुसारको व्यवस्था गर्नु पर्ने बताइन् ।

Advertisement 3

डा. ढुंगाना तिम्सिनाले व्यवसायको दायरा र क्षेत्र विस्तारको लागि मौजुदा सुरक्षण कार्यक्रमलाई बजार माग अनुसार परिमार्जन गर्दै नविन कार्यक्रम तर्जुमामा सूचना प्रबिधिको उच्चतम प्रयोग र संस्थागत सुशासनमा केन्द्रीत रहनुपर्ने बताईन् ।

कोषको छोटो इतिहास, हाल सञ्चालनमा रहेका कर्जा सुरक्षण सम्बन्धी मौजुदा कार्यक्रमहरु तथा भावि योजनाहरु समावेश भएको कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कोषले आफ्नै ढंगबाट कर्जा सुरक्षणका कार्यक्रमहरु विकास गर्ने र बैंक तथा वित्तीय संस्थाले त्यसलाई आत्मीयताका साथ स्वीकार नगर्ने हो भने त्यसको कुनै औचित्य नरहने कुरालाई कोषले गहन रुपमा लिएको हुँदा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु लगायत सबै सरोकारवालाहरुसँग सार्थक राय सुझावको कोषले अपेक्षा गरेको कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले बताए ।

नेपाल बैंकर्स एसोसिएसनको तर्फबाट एसोसिएसनका उपाध्यक्ष सन्तोष कोइरालाले कार्यक्रम एकदम सफल रहेको बताउदै कोषले निक्षेप सुरक्षण बापत लिने सुरक्षण शुल्कमा पुनरावलोकन गरे बैंक वित्तीय संस्था लाभान्वित हुने बताए ।

प्रकाशित :२०८० असार २१, बिहीबार ११:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry