जापान सरकारको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

काठमाडौं। जापान सरकारको सहयोगमा निर्मित उदयपुरको कटारी नगरपालिका-१४ लेखानीस्थित चन्द्रावती माध्यमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ।
Advertisement 1
नेपालका लागि जापानी राजदूत मायदा तोरूले नवनिर्मित भवन हस्तान्तरण गरे। जापान सरकारको ग्रासरूट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजिपी) को अनुदान सहायताअन्तर्गत करिब ८५ लाख रुपैयाँ सहयोगमा उक्त भवन निर्माण गरिएको हो।
सो अवसरमा जापानी राजदूत मायदाले परियोजनामा संलग्न सबैको प्रयासको लागि बधाई तथा प्रशंसा व्यक्त गरे।
Advertisement 2
काठमाडौंस्थित जापानी दूतावासका अनुसार उक्त विद्यालय विसं २०१७ मा स्थापना भएको हो। सो विद्यालयमा हाल तीन सय ३० विद्यार्थी अध्ययनरत रहेका छन्।
प्रकाशित :२०८१ फाल्गुन १२, सोमबार १५:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%