अर्थका तीन सहसचिवको सरुवा

अर्थ मन्त्रालयले तीन सहसचिवलाई सरुवा गरेको छ । मन्त्रालयले सहसचिवहरु डिलाराम पन्थी,रमेश अर्याल र रामप्रसाद आचार्यको सरुवा गरेको हो ।
Advertisement 1
अर्थ मन्त्रालयका अनुसार, भन्सार विभाग, वीरगञ्ज भन्सार कार्यालयमा सहसचिव डिलाराम पन्थीलाई खटाइएको छ । केही साता अघिमात्र त्यहाँबाट नवराज ढुंगनालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नीजि सचिवको रुपमा ल्याइएसँगै रिक्त स्थानमा पन्थीलाई खटाइएको हो । यस्तै, रमेश अर्याललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी सहित पठाइएको छ ।
रामप्रसाद आचार्यले राजस्व तालिम केन्द्रको जिम्मेवारी पाएका छन् ।
प्रकाशित :२०७९ माघ २९, आईतवार १५:१०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%