सरुवाको मौका,हाकिमलाई चौका

सरुवाको मुखमा हाकिमले बदमासी गरेको भन्दै उपभोक्ताहरु आगो भएका छन् ।एउटा निजी उद्योगको पक्षपोषणमा हाकिम लागेपछि उपभोक्ताहरु मारमा परेका कारण उनीहरु ती  हाकिमसँग फायर भएका हुन । प्रंसग हो,नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्र । सो केन्द्रले विजया स्टिल कम्पनीको पक्षपोषण गरेको र उपभोक्तालाई मारमा पारेको भन्दै उपभोक्ताहरु आक्रोशित भएका हुन ।

Advertisement 1

प्राधिकरणले लाखौं उपभोक्तालाई बेवास्ता गर्दै एउटा निजी कम्पनीको निम्ति साँझ अबेरसम्म विद्युत प्रसारण बन्द गर्दा उपभोक्ता आजित भएका गुनासो पोखेका छन् ।

विजया स्टिल कम्पनीमा लाइन जडान गर्नको निम्ति आमउपभोक्तालाई विद्युत सेवाबाट १२ घण्टा बढी समय बञ्चित गराइएपछि उपभोक्ता विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रसँग आक्रोशित भएका हुन ।

Advertisement 2

सो क्षेत्रको एउटा उद्योगमा विद्युत जडानको निम्ति पूरै क्षेत्रको लाइन अवरुद्ध पारिएको भन्दै उपभोक्ता आक्रोश पोखेका हुन । एउटा निजी कम्पनीको निम्ति प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख कमर आलम खानले सर्वसाधारणलाई दुःख दिएका हुन् ।

हाकिम खानको हालै नेपालगञ्ज सरुवा भएको छ । त्यही मौका छोपेर उनले निजी कम्पनीको काममा हजारौं उपभोक्तालाई दिनभर बिजुलीबाट वञ्चित गराएका हुन् ।

प्रकाशित :२०७९ माघ २९, आईतवार १३:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry