गुल्मीबाटै थपिए २५ शाखा अधिकृत
लोकसेवा आयोगले हिजो शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ । आयोगको विवरण खोतल्दा शाखा अधिकृतको परीक्षामा यस पटक गुल्मीले वर्चश्व जमाएको छ ।
Advertisement 1
लोकसेवा आयोगले विज्ञापन नम्बर १६६९५ -०७७/ ७८ खुलातर्फ प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फको नतिजा सार्वजनिक गर्दा गुल्मीले वर्चश्व कायम गरेको भेटिएको छ ।
आयोगले नेपाल प्रशासन सेवा,सामान्य प्रशासन लेखा राजश्व र नेपाल लेखापरीक्षण सेवा राप तृतीय श्रेणीको १३१ कर्मचारी माग गर्दा गुल्मीले वर्चश्व कायम गरेको भेटिएको हो ।
आयोगले सार्वजनिक गरेको नतिजा अनुसार शाखा अधिकृतमा एकैपटक गुल्मीका १९ जना सिफारिस भएका छन् । गुल्मीबाट शाखा अधिकृतमा नाम निकाल्न सफल भएकाहरुमा सन्देश अर्याल,महेन्द्र पुरी,नविनचन्द्र घिमिरे,सरोज मरासिनी,सन्तोष ज्ञवाली,डम्बरबहादुर बस्नेत,चेतनारायण कँडेल,कुलचन्द्र अर्याल,भिमकान्त भण्डारी,भेषराज चन्द,राजन पाण्डे,केशव ज्ञवाली,कृष्णप्रसाद पन्थ,दुर्गा गिरी,नारायण अर्याल,पोष्टराज ज्ञवाली,शुभाषचन्द्र अर्याल,सुनिल भण्डारी,विनोद अर्याल सिफारिस भएका हुन । यस्तै वैकल्पिक तर्फ रामलाल भुसाल,कमलसेन ओली सिफारिस भएका छन् ।
Advertisement 2
यस्तै सोही विज्ञापनमा महिला कोटाबाट विमला महत,दुर्गा न्यौपाने,शोभा पाण्डे,विमला गौतम,रचना अर्याल गरी ५ जना महिला कोटाबाट सिफारिस भएका छन् । महिला कोटामा ३५ जना माग गरिएको लोकसेवाले जनाएको छ । यस्तै,अपांग कोटामा कृष्णप्रसाद घिमिरे सिफारिस भएका छन् ।
सो विज्ञापन अनुसार गुल्मीलाई स्याङ्जाले पछ्याएको छ । स्याङ्जाबाट खुलातर्फबाट ११ जनाले अधिकृतमा नाम निकाल्न सफल हुँदा अर्घाखाँचीका ५, झापाका ५, पाल्पाका ४ जना परीक्षार्थी उत्तीर्ण भएका हुन्।
Advertisement 3
लोक सेवा आयोगको परीक्षामा लामो समयदेखि स्याङ्जाले रेकर्ड राख्दै आएको छ । स्याङ्जालाई निजामती सेवा तर्फको उर्वरभूमि मानिदै आएको छ । यसका अलवा पर्वत, भोजपुर, खोटाङ, पाल्पा,अर्घाखाँचीबाट अधिक सहभागिता बढेको देखिन्छ।
यस अघि गत वर्षको नतिजा अनुसार सबैभन्दा बढी स्याङ्जा जिल्लाबाटै मात्र ३४ जना अधिकृतले नाम निकाल्न सफल भएकामा गुल्मीबाट मात्र २७ जना अधिकृत थपिएका थिए ।
रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, बाजुराबाट कुनै पनि उम्मेदवार सिफारिस भएका छैनन् ।