गृह प्रवक्तामा बस्नेत,विवादित पोखरेल ‘आउट’

गृह मन्त्रालयका विवादित प्रवक्ता परिवर्तन भएका छन् ।

Advertisement 1

उपप्रधान तथा गृहमन्त्रीको भूमिकामा रवि लामिछाने हुँदा मन्त्रीको पक्षपोषण गर्ने गरी बहालवाला सांसद लक्ष्मी कोइरी महत्तो प्रकरणमा प्रहरी संगठनको गरिमामा आँच आउने गरी विज्ञप्ती निकालेर विवादमा तानिएका फणिन्द्रमणि पोखरेलको जिम्मेवारी खोसेर त्यहाँ हालै महालेखाबाट गृहमा प्रवेश गरेका जितेन्द्र बस्नेतलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

यस अघि पञ्जीकरण विभागको महानिर्देशक चलाइसकेका बस्नेतलाई गृहको प्रवक्ताको जिम्मेवारी दिइएको हो । यस्का अलवा उनको भागमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाको जिम्मेवारी दिइएको छ ।

Advertisement 2

हालै अर्थबाट गृहमा भित्रिएका केदारनाथ शर्मालाई गुनासो व्यवस्थापन शाखाको जिम्मेवारी दिइएको छ भने फणिन्द्रमणि पोखरेललाई आन्तरिक व्यवस्थापन महाशाखामा लगिएको छ ।

 

प्रकाशित :२०७९ माघ २४, मंगलवार ११:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry