यातायातको ७० करोड झ्वाम पार्ने ४ उपसचिवसहित ११ कर्मचारी भ्रष्टाचारी ठहर

विशेष अदालतले यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीलाई राजस्व हिनामिनामा दोषी ठहर गरेको छ । सङ्कलित राजस्व रकम पूरा बैङ्कमा दाखिला नगरी हिनामिना गरेको अभियोगमा विशेषले चार उपसचिव, दुई अधिकृत र पाँच सहायक स्तरका कर्मचारीलाई दोषी ठहर गरेको हो । अदालतले अभियोगपत्रमा प्रतिवादी बनाइएका सबैलाई दोषी ठहर गरेको छ ।

Advertisement 1

न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले अब चैत ८ गते सजाय निर्धारण गर्नेछ। अदालतले कार्यालयका तत्कालीन उपसचिव रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाल र होमनाथ भट्टराईको कसुर ठहर गरेको हो। लेखा अधिकृत कुमारबहादुर कटुवाल, टिकराम अधिकारी पनि भ्रष्टाचारी ठहर भएका छन्। अदालतले लेखापाल सुरेश अधिकारी, देवराज नेपाल, रुद्रप्रसाद दाहाल, मणिराज दाहाल र सह(लेखापाल टंकबहादुर खड्कालाई पनि कसुरदार ठहर गरेको छ।

मुद्दामा अख्तियारले उपसचिव रमेशप्रसाद दाहालसँग १२ करोड ३० लाख ३२ हजार २०२, उपसचिव विष्णुप्रसाद पौडेलसँग २३ करोड ७७ लाख ५७ हजार ३५४, उपसचिव नयराज नेपालसँग २५ करोड १३ लाख ३८ हजार ९९९ रुपियाँ बिगो दाबी गरेको छ ।

Advertisement 2

यस्तै लेखा अधिकृत कुमारबहादुर कट्वालसँग दुई करोड १४ लाख ७८ हजार ६२३, लेखा अधिकृत टीकाराम अधिकारीसँग ५७ करोड २५ लाख २७ हजार ५७६ रुपियाँ बिगो दाबी गरेको छ । लेखापाल सुरेश अधिकारीसँग ६१ करोड २१ लाख २८ हजार ५५५ रुपियाँ, लेखापाल देवराज नेपालसँग ४५ करोड ६१ लाख ९९ हजार ७४८, लेखापाल रुद्रप्रसाद दाहालसँग २१ करोड ६३ लाख ४७ हजार ४५३ रुपियाँ बिगो अख्तियारले दाबी गरेको छ ।

यस्तै अख्तियारले दोस्रो मुद्दा २०७४ मङ्सिर १२ गते दायर गरेको थियो । दुई आर्थिक वर्षको राजस्व कम दाखिला गरी हिनामिना गरेको आरोप पछिल्लो अभियोगपत्रमा थियो । कुल आठ करोड ९६ लाख १७ हजार ६३ रुपियाँ राजस्व हिनामिना भएको अख्तियारको ठहर थियो । मुद्दामा अख्तियारले उपसचिव होमनाथ भट्टराईसँग १४ लाख पाँच हजार ८७३ रुपियाँ बिगो दाबी गरेको थियो ।

Advertisement 3

यस्तै उपसचिव विष्णुप्रसाद पौडेलसँग आठ करोड ८२ लाख ११ हजार १८९ रुपियाँ बिगो दाबी गरेको थियो। मुद्दाका प्रतिवादी लेखापाल सुरेश अधिकारी र मणिराज दाहालसँग आठ करोड ९६ लाख १७ हजार ६३ रुपियाँ बिगो दाबी गरेको थियो। यस्तै सहलेखापाल टङ्कबहादुर खड्कासँग पनि आठ करोड ९६ लाख १७ हजार ६३ रुपियाँ बिगो दाबी अख्तियारले गरेको थियो।

प्रकाशित :२०७९ चैत्र १, बुधबार ०९:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry