अब ४ वर्ष केन्द्रमा बस्नेको सरुवा स्थानीय तहमा,२ बर्ष एउटै शाखामा बस्नेको शाखा परिवर्तन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले चार बर्षदेखि केन्द्रमा बसेर तर मारेका कर्मचारीलाई स्थानीइ तहमा पठाइने गरी कर्मचारी सरुवाको मापदण्ड बनाउने तयारी भइरहेको बताएका छन् ।
मन्त्री मोदीले संघ छाडेर जान नमान्ने कर्मचारीको सूची खोज्न लामो समयसम्म केन्द्र छाडेर प्रदेश र स्थानीय तहमा जान नमान्ने कर्मचारीहरुलाई लगाम लगाइने र जसरी पनि तल खटाइने तयारी भइरहेको जनाएका हुन ।

Advertisement 1

मन्त्रालयले प्रदेश र स्थानीय तहमा खटाए पनि ती तहमा जान नमान्ने अटेरी कर्मचारीहरुको सूची तत्काल उपलव्ध गराउन मन्त्री मोदीले कर्मचारीहरुलाई निर्देशन दिएका हुन ।

सामान्यका रैथाने कर्मचारीहरुको विभाग हेरफेर गर्ने र तिनको सरुवा गर्ने तयारी भइरहेको बताउँदै मन्त्री मोदीले दुई वर्ष एउटै शाखामा बसेका कर्मचारीको शाखा परिवर्तन गर्ने तीन वर्ष एउटै स्थानमा बसेकालाई अन्यत्र पठाइनेछ । चार वर्ष केन्द्रमा एउटै स्थानमा बसेका कर्मचारीलाई अनिवार्य स्थानीय तहमा पठाउने नीति बन्न लागेको बताएका हुन । सामान्य प्रशासनमा कोही कर्मचारी पाँच वा सात बर्षदेखि डेरा जमाएर बसेको भेटिएको भन्दै उनीहरुमध्ये एउटै शाखामा २ बर्षभन्दा बढी रहेका कर्मचारीहरुको शाखा परिवर्तन गर्नेदेखि चार वर्षभन्दा बढी समय रहेका कर्मचारीलाई स्थानीय तहमा पठाउने र कोही सुगममा छन् भने दुर्गममा पठाउने तयारी भइरहेको सुनाए ।

Advertisement 2

लामो समय केन्द्रमै रहने, स्थानीय तहमा जान अरुचि देखाउनेजस्ता प्रवृत्तिले सेवाप्रवाहमा समस्या सिर्जना गरेपछि त्यसलाई अन्त्य गर्न सरकारले नयाँ प्रावधान बनाउन लागेको उनले जनाएका छन् ।

कर्मचारी सरुवा पारदर्शी हुन नसकेको गुनासो बढे पछि उनले सरुवालाई वैज्ञानिक र पारदर्शी बनाउने योजना अनुसार काम गरिरहेको सुनाएका छन् । सरुवालाई वैज्ञानिक र पारदर्शी बनाउने योजना अनुरुप कर्मचारी सरुवाको नयाँ मापदण्ड बनाउने तयारी भइरहेको उनले सुनाए । यस्तै मन्त्री मोदीले विचौलिया बोकेर सरुवाका लागि धाउने कर्मचारीलाई तत्काल कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।

Advertisement 3

मन्त्री मोदीले संघीय निजामती ऐन ल्याउने कुरा आफ्नो मन्त्रालयले पहिलो काम रहेको बताउँदै उनले अबको दुई महिनाभित्रै संघीय निजामती विद्येयक संसदमा टेबल हुने र उक्त विद्येयक कर्मचारीलाई न्याय गर्ने गरी आउने बताउँदै आएका छन् ।

आफूअनुकूल सरुवा हुने र सकेसम्म सुगममा रहने प्रवृत्ति कर्मचारी वृत्तमा व्याप्त रहेको भन्दै त्यसलाई सुधार गर्न खोजिएको मन्त्री मोदीले जनाए ।

प्रकाशित :२०७९ माघ २२, आईतवार ११:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry