३४ हजार निजामती कर्मचारीमाथि कारवाहीको तयारी
राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण नुबझाउने झण्डै ३४ हजार ५४ कर्मचारीमाथि कारवाहीको तयारी गरेको छ ।
भदौं महिनाभित्रै बुझाइसक्नुपर्ने सम्पत्ति विवरण माघ अन्तिम लाग्दा समेत नबुझाएपछि ती कर्मचारीहरु उपर कारवाहीको तयारी भइरहेको रास्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐनमा सार्वजनिक पद धारण गरेका व्यक्ति र कर्मचारीले नियुक्ति भएको ६० दिनभित्र सम्पत्ति विवरण तोकिएको निकायमा बुझाउनुपर्ने र हरेक वर्ष अध्यावधिक गर्दै जानुपर्ने व्यवस्था छ ।
सोही ऐन अनुसार सार्वजनिक पद धारण गरेका कर्मचारीले हरेक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र अघिल्लो आवको सम्पत्ति विवरण बुझाइसक्नुपर्ने व्यवस्था छ । सो नियमलाई उल्लंघन गर्ने झण्डै ३४ हजार कर्मचारीमाथि कारवाहीको तयारी भइरहेको हो ।
Advertisement 1
केन्द्रले सबै सरकारी निकायका कर्मचारीले सम्पत्ति विवरण बुझाए वा नबुझाएको अनुगमन गरी तयार पारेको प्रतिवेदन अख्तियारमा पठाई कारबाही गर्न सिफारिस गर्नेछ ।
अख्तियारले भ्रटाचार निवारण ऐनअनुसार सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवक कर्मचारीलाई ५ हजार रुपैयाँका दरले जरिवाना गर्नेछ । सम्पत्ति विवरण नबुझाउनेमाथि अख्तियारले अकुत सम्पत्ति आर्जनको आशंकामा छानबिनसमेत अघि बढाउन सक्ने कानुनी व्यवस्था समेत रहेको छ ।
Advertisement 2
सतर्कता केन्द्रको सिफारिसमा अख्तियारले त्यस्ता व्यक्तिमाथि जनही पाँच हजार जरिवाना गरी ३० दिनभित्र सम्पत्ति विवरण पेस गराउन निर्देशन दिन्छ ।