डेढ लाख घुस लिएर कार्यकक्षबाट बाहिरिँदै गर्दा कम्पाउण्डमै पक्राउ परे ढुंगेल

अख्तियार दुरुपयोग अनुुन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका इन्जिनियर (आठौं तह) योगन्द्र ढुंगेललाई नियन्त्रणमा लिएको छ ।
मिनरल वाटर उत्पादन गर्ने कक्पनीका लागि अनुज्ञा पत्र लिन गएका व्यवसायीसँग घुस मागेको थिए ढुंगेलले ।  अनुज्ञा पत्र लिनका लागि सम्पूर्ण प्रक्रिया पुरा गर्दा पनि ढुङ्गेलले घुस मागेका थिए ।

Advertisement 1

उनले सेवाग्राहीसँग डेढ लाख घुस दिए मात्र अनुज्ञा पत्र दिन सक्ने बताएपछि सेवाग्राहीले अख्तियार समक्ष उजुरी गरेका थिए ।

पीडितको उजुरीको आधारमा अख्तियारको टोली ववरमहल पुग्ला ढुंगेल डेढ लाख घुस लिएर कार्यालयबाट बाहिरिदैं थिए । उनलाई अख्तियारको टोलीले विभागको कम्पाउन्डबाट बाहिर निस्कने क्रममा पक्राउ गरेको हो ।

Advertisement 2

अख्तियारबाट खटिएको टोलीले उनलाई १ लाख ५० हजार घुस सहित नियन्त्रणमा लिएको छ ।

ढुंगेल बबरमहलस्थित खाद्य प्रविधि विभागको मुख्य कार्यालय बबरमहलमा प्राविधिक सहायकका रुपमा कार्यरत थिए ।

Advertisement 3

 

प्रकाशित :२०७९ माघ १३, शुक्रबार १२:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry