अधिकृतस्तरका कर्मचारीहरुलाई तालिमको अवसर
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकृतस्तरका कर्मचारीहरुलाई अनलाइन तालिम छात्रवृत्तिका लागि निवेदन आव्हान गरेको छ ।मन्त्रालयको गत १२ माघको सचिबस्तरिय निर्णय अनुसार मन्त्रालय वा मातहतका निकाय र स्थानीय तहमा कार्यरत अधिकृतस्तरका कर्मचारीहरुबाट दरखास्त माग गरिएको हो ।
सिंगापुर सरकारद्वारा नेपाल सरकारका निजामती कर्मचारीहरूलाई उपलब्ध गराउने दुई प्रकारका तालिमका लागि मन्त्रालयले मन्त्रालय वा अन्तर्गतका निकाय वा स्थानीय तहमा कार्यरत अधिकृत स्तरका कर्मचारीहरूमध्येबाट मनोनयन गर्ने गरी माघ २२ गतेसम्म मन्त्रालयमा आइपुग्ने गरी माग गरिएको हो ।
Advertisement 1
प्रकाशित :२०७७ माघ १६, शुक्रबार १८:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%