बैंकहरुले यसरी पनि बित्याउँछन्

बुढापाका भन्थे, ‘ऋण लिने मान्छे कहिले उभो लाग्दैँन, रुख मुनिको बाली कहिले फल्दैँन ।’ पछिल्लो समय मानिसहरुले वित्तिय संस्थाबाट ऋण लिई जग्गा किनेर घर त बनाए तर त्यो घरजग्गा टोक्नु कि निल्नु भइरहेको छ । ऋण तिर्न नसकेपछि वित्तिय संस्थाका सञ्चालक र अध्यक्षहरु आफ्ना संस्थाका कर्मचारी, प्रहरी र गुण्डाको प्रयोग गरी ऋणीको घर जबरजस्ती खाली गर्न लगाइरहेका छन् ।
Advertisement 1
हिजो घर धितो राखेर मानिसहरुले हाँसीहाँसी बैंकबाट ऋण त लिए तर उनीहरुलाई त्यही ऋण आफ्नो ज्यानभन्दा ठूलो भइरहेको छ । यता बैंकले घर खाली गराएरपछि कति मानिसहरु रुदैँ कोठा खोजेर सरिरहेका छन् त कति त्यही पनि नपाएर आफन्तको शरणमा पुगेका छन् । वित्तिय संस्थाले हिजो घरजग्गा धितो राखेर घुस, सेवाशुल्क र महंगो ब्याज लिएर कर्जा प्रवाह गप्यो ।
यता २ करोड मूल्य बराबरको घरजग्गालाई १ करोड कर्जा प्रवाह गप्यो । त्यो कर्जा दिएबापत पनि १० लाख रुपैँया घुस र सेवाशुल्क खायो । मानिस हेरेर १८ देखि २४ प्रतिशतसम्म ब्याज लियो । तर अहिले ऋणीले ३ कित्तादेखि ७ कित्ता नतिर्ने वित्तिकै पत्रपत्रिकामा फोटो निकाल्यो र त्यो घरजग्गा लिलाम गप्यो ।
Advertisement 2
पछिल्लो समय जतिपनि घरजग्गाछन् । तीमध्ये ९५ प्रतिशत मानिसहरुको घरजग्गा नै वित्तिय संस्थाको नाममा छ । त्यसैले, अब ती ऋणीहरुको रुवाबाँसी हुने भएको छ । अब कि त यिनीहरुले आत्महत्या गर्नुपर्छ होइन भने सुकुम्बासी हुनुपर्छ । अहिले बैंकहरुले धमाधम यिनीहरुको घर खाली गर्ने र पत्रपत्रिकामा फोटो निकाल्ने गरिरहेका छन् ।
यता ताल्चा लगाएको घर भने बिक्रीका लागि राख्ने । तीन वर्षअगाडि जग्गाको मूल्य महंगो भएको बेला मानिसहरुले पनि धितो राखेर कर्जा लिए । त्यसबेला आनाको ४० लाखमा खरिदबिक्री हुने जग्गा अहिले त्यसको आधा मूल्य पनि नआउने भएको छ । बैंकहरु पनियसरी एक्सनमा उत्र्रिनुको कारण नै घरजग्गा हो ।
Advertisement 3
यता घरजग्गाको मूल्य घटेको घट्यै छ भने उता ऋणीको साँवाब्याज बढेको बढ्यै छ । त्यसैले, आफु डुब्ने भएपछि, बजारमा घरजग्गामा मन्दी आएपछि वित्तिय संस्थाहरुले अहिले घरधनीहरुलाई ऋण तिर्न समय पनि थप नदिने र त्यो घरमा पनि बस्न नदिने गरिरहेका छन् । यो संख्या अहिले हवात्तै बढेको छ । वित्तिय संस्थाबाट ऋण लिएर घरजग्गा किन्ने वा घर बनाउनेहरुको अहिले मुटुले नै ड्याङग्रे छोडेको छ ।
घरजग्गा धितो राखेर ऋण लिएकाहरुले ऋण तिर्न नसकेपछि अब ढिलोचाँडो सबैको घरजग्गा बैंकले लिलाम गर्ने छ । तर वित्तिय संस्थाले लिलाम गरेको घरजग्गा बेच्छुभन्दा पनि किन्ने मान्छे छैन । तीन वर्षअगाडि ३ करोडमा खरिदबिक्री हुने घर अहिले डेढ करोढमा बेच्छुभन्दा पनि कोही किन्दैँन । घरजग्गामा यसरी मन्दी छायो कि व्यक्ति त डुबि नै हाले तर वित्तिय संस्था पनि डुब्ने अवस्थामा पुगे ।
उपत्यकाभित्र १५ वर्षअघिसम्म आनाको एक लाखमा खरिदबिक्री नहुने जग्गा योभन्दा एक वर्षअगाडि ५० लाख पुग्यो । तर यो जग्गाको मूल्य बढाउने पनि जग्गा दलाली र वित्तिय संस्था हुन् । वित्तिय संस्थाहरुले पनि घुस खाएर भटाभट घरजग्गामा कर्जा लगानी गरे । साथै, एक महिनाअगाडि आनाको १५ लाखको किनेको घडेरी अर्को महिनामा दलालीहरुले २५ लाखमा बेचे ।
जग्गा दलालीहरुले कमिशनको लोभमा सर्वसाधारण जनतालाई त फसायो नै तर वित्तिय संस्थालाई पनि डुबायो । हिजो वित्तिय संसथाबाट नाक फुलाई फुलाई कर्जा लिएर घरजग्गा किन्नेहरु आज वित्तिय संस्थाबाट लिएको ऋणको साँवाब्याज तिर्न नसकेर भाग्नुपप्यो । उनीहरु अहिले आफन्तबाटै टाडिनुपरिरहेको छ ।
वित्तिय संस्थाहरुले पनि हचुवाको भरमा कमिशन खाएर घरजग्गालाई कर्जा प्रवाह गर्दा जग्गा दलाली वा जग्गा प्लानिङ्ग गर्ने माफियाहरुले खेतीयोग्य जमिन सबै खण्डीकरण गरेर सिध्याँए । यता सार्वजनिक जग्गा, गुठीका जग्गा, डाँडाकाँडा आदि सबै जग्गा पनि प्लानिङ्ग गरेर नै सिध्याए । जग्गा दलालीहरुले पहिला त्यही जग्गा जग्गाधनीसँग रोपनीको ५ लाखदेखि २० लाखसम्ममा लिए ।
यता त्यही भिरालो जग्गामा डोजर चलाएर वा खण्डीकरण गरेर आनाको ३५ देखि ६० लाखसम्ममा बिक्ी गरे । यसरी यता पहिलाको जग्गाधनीलाई पनि थोरै पैसा दिएर जग्गा किने त उता त्यही जग्गा खण्डीकरण गरेर अर्कोलाई आनाकै ३५ देखि ६० लाखसम्ममा बेचे । यस्ता कामहरुमा कति वित्तिय संस्थाकै सञ्चालक तथा अध्यक्षहरु संलग्न छन् ।
यता जग्गा किन्न आउनेलाई पनि आफ्रनै संस्थाबाट लोन मिलाइदिने गरे । सवृसाधारण जनतालाई यसरी वित्तिय संस्थाका सञ्चालक र जग्गा दलालीहरुले लुटे र ठगे । आज ऋणीहरु ऋण तिर्न नसकेर आत्महत्या गर्नुपर्ने अवस्थामा पुगे । यता वित्तिय संस्थाहरुले पनि घरजग्गामा आँखा चिम्लेर लगानी गर्दा यिनीहरु पनि डुब्ने अवस्थामा पुगे ।
अहिले वित्तिय संस्थामा पैसा निकाल्नेको लाम छ तर राख्ने कोही छैन । बैंक १० हजार दिन नसक्ने अवस्थामा पुगेको भने सहकारीले ६ महिनादेखि २ हजार पनि फिर्ता गरेको छैन । बैंकहरु जनताको पैसा फिर्ता गर्न नसकेर मर्जर गरिरहेका छन् त सहकारीहरु दिनहुँ भागिरहेका छन् । सहकारीकै कारण आज करोडौँ जनताको १९ खर्ब रकम सहकारीमा डुबेको छ । उनीहरुको अहिले बिल्लीबाँठ भइरहेको छ ।
मानिसहरुले पनि हिजो महंगो ब्याज खानका लागि ऋणीको घरजग्गा आफ्नो नाममा पास गराई ऋण प्रवाह गरे । यता एक करोड पर्ने घरजग्गालाई २४ देखि ३६ प्रतिशतसम ब्याज खाएर ६० लाख कर्जा प्रवाह गप्यो । महिनामहिनामा ब्याज र एक वर्षदेखि दुई वर्षसम्ममा घरजग्गा निखाल्ने वा रकम फिर्ता गर्ने सर्तमा ऋण दिइयो ।
पछिल्लो समय वित्तिय संस्थाबाट ऋण लिएकाहरु कि त भाग्ने गरिरहेका छन् होइन भने आत्महत्या गर्ने गरिरहेका छन् । जो मानिसले व्यापारव्यवसाय गर्नका लागि वित्तिय संस्थाबाट ऋण लिएको छ त्यसले पनि डेढ वर्षदेखि संस्थाको साँवाब्याज नै तिर्न सकेको छैन ।
अहिले महाबौद्ध, ठमेल, दरबारमार्ग, पुतलीसडक, भक्तपुर, ललितपुर आदिका व्यापारीहरु वित्तिय संस्थाबाट लिएको कर्जाको साँवाब्याज र घरधनीको भाडा तिर्न नसकेर रातारात फरार भइरहेका छन् । कतिपय ठाउँका घरधनीहरु आफुले ६ महिनादेखि एक वर्षसम्मको भाडा नपाएको गुनासो गर्छन् । एउटा सटरको ठाउँअनुसार महिनाको २० हजारदेखि ९ लाखसम्म सटर भाडा रहेको छ ।
तर यिनीहरुले सटर भाडा तिर्न नसकेपछि यिनीहरुले कोठा भाडा पनि तिर्न सकेका छैनन् होला नि त । वित्तिय संस्थाबाट ऋण लिएर व्यापारव्यवसाय गर्ने मानिसहरु अहिले ऋण तिर्न नसकेर वा धितोले नधानेर विस्थापना हुने अवस्थामा पुगेका छन् । यता वित्तिय संस्थाले कर्जा दिने बेला तीन करोड मूल्य पर्ने धितो अहिले दुई करोडमा झरेको छ ।
अहिलेका अर्थमन्त्री विष्णु पौडेल, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, ओली र प्रधानमन्त्री प्रचण्ड मिलेर वित्तिय संस्था डुब्ने अवस्थामा पुगेका छन् । यता उद्योग व्यवसायीहरु पनि बैंकबाट लिएको ऋणको न साँवा तिर्छन् न ब्याज अनि कित्ता तिर्नका लागि दुई वर्ष थप समय चाहिन्छ भन्ने र बैंकबाट लिएको ऋणको नवीकरण गर्नुपर्ने भन्ने ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उद्योग व्यवसायीहरुले हातमा कालो पट्टी बाँधेर आन्दोलन गरे तर देउवा हटेर प्रधामन्त्री प्रचण्डको सरकार आउनेबित्तिकै आन्दोलन स्थगित गर्ने । ओली, अर्थमन्त्री पौडेल र गर्भनरले आफ्नो सत्ता जोगाउनका लागि सर्वसाधारण जनताले बैंकमा राखेको रकम डुबाउने । तर अहिले वित्तिय संस्था डुबेको कुरा सर्वसाधारणको कानमा पुगेपछि चुनावमा मतदान गर्ने जतिको भिड बैंक र सहकारीमा लागेको छ ।
अहिले त बैंकहरु पनि डिपोजिटवालाको एक दिनमा ५ हजारभन्दा बढी पैसा फिर्ता गर्न सक्दैँन भनेर भन्न सुरु गर्ने छन् । प्रधानमन्त्री प्रचण्डको सरकार आउनेबित्तिकै नाटकी रपमा केही दिन सेयरको मूल्य बढ्यो तर अब फेरि सेयरको मूल्य हवात्तै घट्ने छ । अहिले गाडी र सेयरलाई पनि वित्तिय संस्थाले कर्जा प्रवाह गर्दैन ।
माओवादी र एमालेले सेयरको मूल्य केही क्षणका लागि नाटकीय रुपमा बढाएर अर्थतन्त्रमा सुधार आएको बताउँदै वित्तिय संस्था डुबाउन लागिपरेका छन् । पहिला ३२ सयको सेयर घटेर १८ सयमा आयो । १८ सयबामट बढेर केही दिन २१ सय पुग्यो अनि फेरि जस्ताको तस्तै भयो । विज्ञ र अर्थविद्हरु भन्छन्, अब यो सेयरको मूल्य झन् घट्ने छ र १८ सयबाट घटेर हजार रुपैँयामा आउँछ ।
एक वर्षअगाडि २० लाखमा किनेको गाडी अहिले ५ लाखमा विक्री हुदैँन । माघ महिनादेखि सरकारी कर्मचारीलाई तलबभत्ता, पेन्सनवा जेष्ठ नागरिकलाई भत्ता दिन पैसा छैन । त्यस्तै, विदेशीसँग नेपाल सरकारले लिएको ऋणको साँवाब्याज तिर्न सकेको छैन । नेपालको अर्थतन्त्र श्रींलका भइसकेको छ र नेपाल नै टाप पल्टिसकेको छ । अब नेपाल कुन देशले लिने भनेर विदेशी देशबीच बहस सुरु भइसकेको छ ।