६ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

Advertisement 1

मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ९० हजार रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। सोमबार सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँका दरले भएको थियो।

त्यस्तै आइतबार सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाका दरले भएको थियो।

Advertisement 2

मंगलबार चाँदीको मूल्य प्रतितोला २१ सय ६५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदीको कारोबार प्रतितोला २१ सय ५० रुपैयाँका दरले भएको थियो।

प्रकाशित :२०८२ जेष्ठ २८, मंगलवार १०:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry