६८ यात्रु बोकेको यतीको विमान पोखरामा दुर्घटनाग्रस्त

पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखरा उडेको यति एयरलायन्सको बिमान अवतरणको क्रममा दुर्घटनामा परेको हो ।

Advertisement 1

एएनसी एटीआर ७२ जहाजमा दुई पाइलट,दुई एयर होस्टेजका साथैं  ६८ जना यात्रु थिए।

 

Advertisement 2

विमान बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको थियो । जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको हो ।

जहाज विमानस्थल नजिकै सेती खोँचमा खसेको एयरलायन्सले जनाएको छ । अहिले दुर्घटनामा परेर मृत्यु भएका १६ जनाको शव निकालिसकिएको छ ।

Advertisement 3

मृत्यु हुनेहरुमा अधिकांश गुरुङ थरका छन् । उक्त जहाजका क्याप्टेनहरु  कमल केसीले उडाएका थिए । एयर होस्टेसहरु के.राना र एस.आर. ठकुरी थिए । अहिले सशस्त्र प्रहरीको कालिका गण, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले घाइतेको उद्धार गरिरहेको छ ।

प्रकाशित :२०७९ माघ १, आईतवार ११:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry