वाग्मतीमा मन्त्रालय घटाइँदै
वाग्मती प्रदेश सरकारका मन्त्रालयको संख्या घटाइने भएको छ । मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेलले शपथग्रहण गरेसँगै मंगलबार मन्त्रालय घटाउने प्रक्रिया अगाडि बढाएका हुन् । संख्या निर्धारण गर्न उनले कार्यदल गठनको पहिलो निर्णय गरेका छन् ।
Advertisement 1
हेटौंडास्थित श्रम कार्यालयमा खडा गरिएका श्रम, कषि, भूमि व्यवस्था, भौतिक पूर्वाधार र खानेपानी मन्त्रालय । प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यकलले १५ दिनभित्र प्रतिवेदन बुझाउने छ । त्यसका आधारमा मन्त्रालय संख्या टुंगो हुनेछ ।
कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कानुन सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन महाशाखा प्रमुख सदस्य छन् । अघिल्ला मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको कार्यकालमा मन्त्रालय संख्या ८ बाट बढाएर १४ पुर्याइएको थियो । उक्त निर्णयमा त्यतिबेला जम्कट्टेलले पनि सहमति गरेका थिए । प्रदेश सरकारमा पाण्डेले मन्त्रिमण्डल १८ सदस्यीय बनाएका थिए ।
Advertisement 2
अब भने प्रदेश सरकारका मन्त्रालय विषयगत आवश्यकताअनुसार मात्रै रहने मुख्यमन्त्री जम्कट्टेलले बताएका छन् । ‘सुशासन र पारदर्शिता पहिलो प्राथमिकता हो । मन्त्रालयको संख्या घटाएर ९ देखि ११ वटासम्म कायम गर्ने तयारी छ,’ उनले भने । मन्त्रिपरिषद् विस्तारअघि नै टुंगो भइसक्ने उनले बताए ।
सत्तारूढ दल एमाले, राप्रपा र माओवादीबीच मन्त्रालयको संख्या घटाउने विषयमा सहमति भएको थियो । वाग्मतीमा मन्त्रालय तथा मन्त्रीको संख्या प्रदेशहरूमध्ये धेरै छ । भवन अभावका कारण प्रदेशका मन्त्रालयहरू भाडाका एउटै भवनमा ५ वटासम्म छ । मुख्यमन्त्री जम्कट्टेलले संघीय सरकारसँग योजना माग गर्ने पनि निर्णय गरेका छन् । पुस मसान्तभित्र संघीय सरकारसमक्ष विशेष र समपूरकतर्फको अनुदानका योजनाहरू तयार पारी पठाउने निर्णय भएको छ । आजको कान्तिपुरबाट