मन्त्रालयले पठाएका हाकिमलाई हाजिर गर्न दिएनन्
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र बोकेर मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका राजकपुर चम्लागाईलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले हाजिर गर्न दिएनन् ।
Advertisement 1
काज बिदा लिएर गएका प्रमुख प्रशासकीय अधिकृत चौलागाई नगरपालिका फर्किए तर, नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उप– प्रमुख मिना पोखरेल (उप्रेती) ले उलाई हाजिर गर्न दिएन ।
नगरपालिकाको बोर्डले चौलागाईको कार्य सम्पादन शैलीप्रति असन्तुष्टि जनाउँदै उनलाई नगरपालिकाबाट सरुवा जाने मार्ग प्रशस्त गरेको थियो । चौलागाईलाई फिर्ता पठाउने निर्णय गर्दै नगरपालिकाले उनको अधिकारहरुसमेत खोसेको थियो ।
Advertisement 2
मेचीनगर नगरपालिकामा यो कुनै नौलो घटना भने होइन । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टिक्दै टिक्दैनन्, चाँडै सरुवा भइहाल्छन् । यो विषयलाई नियालेर हेर्दा ४र५ महिना भन्दा बढी नबसेका देखिन्छ । सहदेव रायमाझी, दिनानाथ लम्साल र राजकपुर चौलागाईले पुरा अवधि काम गर्न नसकी फर्किएका छन्।