दुई सचिव फेरिए :अर्थमा राया, घिमिरेलाई राजश्व

आज बसेको मन्त्रिपरिषद्को बैठकले दुई सचिवको जिम्मेवारी हेरफेर गरेको छ । बिहान ११ बजे सिंहदरबारमा बसेको क्याविनेटले अर्थ र राजश्व सचिव हेरफेर गरेको हो ।

Advertisement 1

जस अनुसार अर्थ सचिवको रुपमा तोयम रायालाई भित्राइएको छ ।अर्थमन्त्री विष्णु पौडेलले उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत रहेका रायालाई अर्थ सचिवको रुपमा भित्राएका हुन ।

यस्तै राजश्व सचिवको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट रामप्रसाद घिमिरेलाई ल्याइएको छ । यसअघि अर्थ सचिव कृष्णहरि पुस्कर थिए भने राजस्व सचिव रामेश्वर दंगाल थिए ।

Advertisement 2

यस्तै आजको क्याबिनेटले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । एमालेकोतर्फबाट राष्ट्रिय सभामा निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको एक सिटमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित :२०७९ पुष २१, बिहीबार १३:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry