मंसीर ४ ले दिएको सन्देश

संविधान सभाबाट बनेको संविधान बमोजिम मंसीर ४ मा संघ र प्रदेशको चुनाव भएको छ। यो चुनावलाई आवधिक चुनाव भनिए पनि यसले देशको राजनीतिक बृत्तमा केही सन्देश दिएको देखिन्छ। हुन त यो लेख तयार पार्दा सम्म निर्वाचनको नतिजा पूरा आई सकेको छैन तर पनि यसले दिने सन्देशलाई अहिलेसम्मको नतिजाले संकेत गर्न सक्ने देखिन्छ।

Advertisement 1

देशले यूवाहरूलाई राजनीतिमा समाहित गर्ने चाहना पहिलो निर्वाचन संगै गरेको हो र यो सन्देश पार्टीको आन्तरिक निर्वाचनबाट पनि दिन खोजिएको हो तर पाका तहका नेताले सो समूहलाई अपरिपक्व ठानेर सिण्डिकेट खडा गरेर प्रवेश निषेध गरेका थिए र यस पटक पनि सो प्रयास नभएको हैन तर यिनीहरूको सिण्डिकेटलाई जवर्जस्त तोडेर अधिकांश यूवाहरू संसदमा प्रवेश गरेको देखिएको छ जुन सकारात्मक छ। देशको नीति निर्माणको तहमा यूवाहरूको प्रतिनिधित्वको खाचो थियो जुन यस पटकको चुनावले केही हद सम्म पूरा गरि दिएको छ।

त्यसै गरी यस पटकको चुनावले आधा भन्दा बढी प्रतिनिधित्व नयां अनुहारले गर्ने देखिएको छ। पुराना नेताको ब्यबहारबाट वाक्क र दिक्क भएका मतदाताहरूले पाका नेताको बिकल्प खोजेर नव प्रवेशीहरूलाई मौका दिएका छन्। हुन त लामो समय देखि राजनीतिको नेत्तृत्त्व तहमा रहेर पनि सिन्को सम्म नभाचेका सीमित नेताहरू जबर्जस्त संसदमा प्रवेश गरेका छन् तर यिनीहरूको संख्या पनि सीमितै छ र यिनीहरूलाई जनताले रूचाएका छैनन् भन्ने पनि यिनीहरूलाई नै थाहा छ।

Advertisement 2

यस पटक भएको चुनावले जनता बीच लोकप्रीय हुन नसके पनि नेताको छनौटमा परेका केही उमेद्वारहरू हारेका छन्। यसरी हार हुनुले यिनीहरूलाई सिफारिस गर्ने वयोबृद्धहरूले केही असजिलो महसुस गरेकै हुनु पर्छ।

यस पटकको चुनावले हामी निर्विकल्प हौ भन्ने नेता र दललाई दह्रो झड्का दिएको छ। यसले दिएको पाठलाई मनन् गर्न जरूरी छ। यदि यो सन्देशलाई अन्देखा गरी अगाडि बढ्न खोजे यसले विद्यमान राजनीतिक कार्यशैली वा ब्यबस्था उपर हांक ल्याउन सक्ने देखिन्छ। दलीय सिण्डिकेटका कारण देखिएको हालको चुनावी अंक गणितले मात्र देश र जनताको अबस्था फेर्न सक्ने देखिदैन। यसले विगतमा जस्तै केही दल र यिनका नेताको मात्र स्वार्थ शिद्धी गर्ने छ। यसकारण अवका संसदीय कृयाकलाप एवं गतिविधिहरूले अहिलेको मतदानको संकेत र सन्देश बुझेर अगाडि बढ्नु पर्छ। यसको निम्ति नयां अनुहारहरूलाई देशको नीति निर्माणमा संलग्न गराउनु पर्ने देखिन्छ हो , यस पटकको चुनावमा हार्नु पर्ने केही नेताहरूले जितेर आएका र केही जित्नु पर्ने नेताले हारेको अवस्था पनि छ तर यसबाट आत्तिनु पर्ने अवस्था भने देखिदैन।

Advertisement 3

राम्रा कोही छुटेका छन् भने तिनको सहयोग अन्य तवरबाट पनि लिन सकिन्छ। यस पटकको चुनावमा तीन समूहको प्रवेश भएको र एक समूह बाहिरिएको छ। प्रवेश गर्नेमा पुराना पार्टी भित्रबाट र नव प्रवेशी पार्टीबाट आएको युवा शक्ति बाट २ समूह, जो संग देश निर्माण गर्ने नयां जोश जांगर र दृष्टिकोण पक्कै छ र त्यस्तै अर्को अनुभवी पाका नेताको समूह जो संग राजनीतिको लामो अनुभव पनि छ।

यस संगै नेतालाई गलत सल्लाह दिएर देशलाई भ्रष्टाचारमा धकेल्ने एउटा कोटरी पाखा लागेको अवस्था पनि छ।

हाल देखिएको चुनावी गणितलाई भन्दा मतदाताले दिएको सन्देश बुझ्न सक्ने नेताले राज्यका अंगहरूको नेत्तृत्त्व लिन जरूरी देखिएको छ। विगतमा सत्तामा मात्र केन्द्रित भएर गरिएको राजनीतिलाई अव देश र जनताको सेवामा लगाउनु पर्ने देखिन्छ र यसको लागि पर्याप्त अवसर पनि छ। यो परिणामले विगतमा राजनीतिक दल र यसका नेताले गरेका गल्ति र कमजोरीलाई प्रायश्चित गर्ने अपूर्व र अन्तिम अवसर दिएको छ।

सीमित रूपमा भए पनि केही राजनीतिक फोहर सफा गर्ने पात्रहरू संसदमा प्रवेश गरेका छन्। राम्रो काम गर्न धेरै पात्रहरू चाहिदैन पनि,जति उपयुक्त पात्र प्रवेश गरेका छन् तिनीहरूलाई आफ्नो भूमिका देखाउने अवसर र वातावरण दिन सक्यौ भने देश र जनताको अवस्था सुधार गर्न यस पटकको चुनाव कोसे ढुंगा (Mile Stone) हुन सक्छ।

प्रकाशित :२०७९ मंसिर ११, आईतवार ०६:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry