सकारात्मक सोच हाम्रो समाज र जीवनको अभिन्न अंग

सकारात्मक सोच हाम्रो समाज र जीवनको अभिन्न अङ्ग हो। यसले व्यक्तिको मानसिकता, व्यवहार र समग्र जीवनलाई प्रभावित गर्दछ। जब हामी सकारात्मक सोच अपनाउँछौं, तब हामी चुनौतीहरूलाई अवसरको रूपमा हेर्न सक्षम हुन्छौं। समस्याहरूलाई समाधानका रूपमा स्वीकार्छौं र विफलतासम्मलाई एउटा अनुभवको रूपमा लिन्छौं। यसले आत्मविश्वासको विकास गराउँछ र व्यक्तिलाई आफ्नो उद्देश्य प्राप्ति प्रति दृढ बनाउँछ।

Advertisement 1

सकारात्मक सोचले मानसिक शान्ति र शारीरिक स्वास्थ्यमा समेत सुधार ल्याउँछ। जब हामी सकारात्मक सोच राख्छौं, तब हाम्रो शरीरमा कम तनाव उत्पन्न हुन्छ, जसले गर्दा हामी स्वस्थ रहन्छौं। यसले हाम्रो भावनात्मक सन्तुलन कायम राख्न मद्दत पुर्याउँछ र हामीलाई बढी आशावादी बनाउँछ।सकारात्मक सोच समाजमा पनि सकारात्मक प्रभाव पार्दछ। यसले आपसी सम्बन्धहरूलाई बलियो बनाउँछ, सहकार्यलाई प्रोत्साहन दिन्छ र समाजमा एकता र सहयोगको भावना जागृत गर्दछ। सकारात्मक सोचको माध्यमबाट हामी अरूसँग सहानुभूति र समझदारीका साथ व्यवहार गर्न सक्छौं, जसले समाजमा एक सकारात्मिक परिवर्तन ल्याउँछ।
सकारात्क सोच नै मानिसको जीवनको उर्जा हो। बन्दूकको नालमा भन्दा सकारात्मक सोचमा हजारौँ गुना बढी शक्ति हुन्छ। हरेक व्यक्तिको यस्ता शक्तियुक्त सकारात्मक सोचलाई सही ठाउँमा, सही समयमा, सही तरिकाले प्रयोग गर्न सकियो भने जीवन र जगतको स्वरुप नै अकल्पनीय सुन्दर बन्दछ। सफलताको मूल सूत्र नै सकारात्मक सोच हो। सफलताको लागि सकारात्मक कुरा खोज्नु आवश्यक छ। जीवनका बाटाहरुमा समस्या देखे समस्या नै समस्याको पहाड भेटिन्छ। समाधान र सफलता देखे जताततै सफलता नै सफलता हात लाग्छ। हरेक व्यक्तिको सफलता अरुको हातमा छैन, आफ्नै मनमष्तिष्कमा छ। मात्र मन र मष्तिष्क सकारात्मक हुनुपर्छ। सकारात्मक सोच कसैबाट मागेर लिनुपर्दैन, न त यसलाई पैसा हालेर किन्नु नै पर्छ। यो त जति सकारात्मक सोच्दै गइन्छ त्यति नै बढ्रदै जान्छ।सकारात्मक सोचको मुहान हामी आफैँ हौँ।

सकारात्मक सोच हाम्रो जीवन र समाजको अभिन्न अङ्ग हो, जसले मानसिकता, व्यवहार र समग्र जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ। जब हामी सकारात्मक सोच अपनाउँछौं, हामी चुनौतीहरूलाई अवसरको रूपमा हेर्न सक्षम हुन्छौं र समस्याहरूलाई समाधानको रूपमा स्वीकार गर्छौं। यसले आत्मविश्वास बढाउँछ र व्यक्तिलाई आफ्नो उद्देश्य प्रति दृढ बनाउँछ। सकारात्मक सोचले शारीरिक र मानसिक स्वास्थ्यमा पनि सुधार ल्याउँछ र समाजमा एकता, सहकार्य र सहयोगको भावना बढाउँछ। सकारात्मक सोचले हाम्रो दृष्टिकोणलाई सकारात्मक बनाउँछ र जीवनका सकारात्मक अनुभव र आदर्शलाई मनन गरेर आत्म ऊर्जा प्राप्त गर्न मद्दत गर्दछ। यसले मानिसलाई सफल बनाउनको लागि आधारभूत तत्व बनाउँछ। जब मानिस सकारात्मक सोच राख्छ, उनी कुनै पनि कठिनाइका बीचमा पनि खुशी र आशावादी रहन्छ। यसले समाज र जीवनमा राम्रो परिवर्तन ल्याउँछ।

Advertisement 2

सकारात्मक सोचले आत्मविश्वास, सहिष्णुता, दया, करुणा, र ईमानदारी जस्ता सद्गुणहरूको विकास गर्छ, जसले हाम्रो व्यक्तित्वलाई उत्साही, आशावादी र तनावमुक्त बनाउँछ। यसको विपरीत, नकारात्मक सोचले मानिसलाई दुखी बनाउँछ र जीवनमा असफलता ल्याउँछ। यसैले, सकारात्मक सोचले हाम्रो जीवन र समाजलाई सकारात्मक दिशामा प्रगति गर्न मद्दत पुर्याउँछ। सकारात्मक भावनाले आत्मिक शक्तिलाई प्रेरित गरी,सार्वजनिक जीवनलाई अनुशासित , मर्यादित र सन्तुलित बनाउन सहयोग गर्छ। सकारात्मक भावनाहरूले सार्वजनिक जीवनमा सन्तोष, समृद्धि, शान्ति र नैतिकता ल्याइदिन्छ। यसले हामीलाई परिवार, समाज अनि सङ्कठनका साथीहरूसँग रमाइलो तथा सहज वातावरण बनाइदिन्छ। यसका अतिरिक्त यसले सार्वजनिक जीवनलाई सकारात्मक दिशामा अघि बढाइदिन्छ। सकारात्मक भावनाको महत्वलाई थाहा पाएर मनन गरी जीवनमा लागु गर्दा सार्वजनिक जीवनमा सन्तुलन र सफलता ल्याइदिन्छ। जसले सार्वजनिक जीवनलाई आन्तरिक शक्ति सबल बनाई आनन्दको अनुभूति गराइदिन्छ, सधैँ स्वच्छ र ताजगी तुल्याइदिन्छ। यसले सार्वजनिक जीवनलाई सधैँ सुखी बनाउँछ र अरूलाई पनि प्रेरित गर्दछ।

सकारात्मक सोचले शरीरको प्रतिरक्षा प्रणाली सुधार गर्छ। जीवनका कठिनाइहरू पार गर्नसक्ने क्षमता विकास गर्न मद्दत गर्छ। हाम्रो आयु बढाउन मद्दत गर्छ। सकारात्मक सोचको शक्तिले हामीलाई आफ्नो लक्ष्यमा प्रतिबद्ध बनाउँछ। परिस्थिति जस्तोसुकै भए पनि प्रत्येक व्यक्तिले आफूमा सकारात्मक सोच उत्पन्न सिर्जना गर्न सक्छ।सकारात्मक सोचका चिन्तकहरूले परिस्थितिलाई यथार्थमा हेर्ने प्रयास गर्छन्। असल सोचियो, भने नतिजा असल हुन्छ र जीवन सफल बन्दै जान्छ अनि खराब सोचियो भने नतिजा खराब नै हुन्छ र जीवन असफल बन्दै जान्छ। सकारात्मक सोचले मष्तिस्कमा सकारात्मक ऊर्जा प्रवाह गर्छ।

Advertisement 3

सकारात्मक सोच हाम्रो समाज र हाम्रो जिवनको अभिन्न अंग हो। आफ्नो जिन्दगि र आफुले गरेका सकारात्मक कार्यको मुल्याङकन गरौ। सकारात्मक सोचले जिन्दगि परिवर्तन गर्न सक्छ। ब्यक्तिको सोचाईले उस्को जीवनस्तर निर्धारण गर्दछ। यसले कर्म आचरणमा सुधार ल्याउनुका साथै ज्ञानी बनाईदिन्छ , प्रगति, उन्नति र विकासको नतिजा ल्याउछ। जीवन परिवर्तनको लागि सकरात्मक सोच हुन आवश्यक छ। सकारात्मक सोच र बिचारले जन्माएका धारणाहरु मर्दैनन। व्यक्तिको मानसपटलमा आएका विचार जे जस्ता भए पनि सकारात्मक हुनु जरुरी छ। संसार भरको जिवको अस्तित्व कायम राख्न पनि हाम्रो सोच राम्रो हुनुपर्छ। यदि सकारात्मक सोच राखेर कार्य गरेन भने त्यो सफल हुन सक्दैन। सकारात्मक सोचमा लगानि गरि मन मस्तिकलाई सहि सोच लिएर आचरण व्यवहारमा सुधार, र सहयोगी भावनालाई हामिले अगाल्नुपर्छ।सकारात्मक सोच नै जिवनको सारथि हो। सकारात्मक सोचले मानिसलाई खोजि गर्ने अवधारणाको विकास गर्छ। हामिले सफल हुनका लागि मिहिनेत गर्नुपर्छ। नैतिक आदर्शवान बन्न बनाउन मानिस भएर जन्मेपछि सकारात्मक सोच हुनुपर्छ। यसले आत्मविश्वास बढ्छ। आफ्नो देशमा केहि गरौ भन्ने सोच राख्नुपर्छ। आशा विश्वास र आत्मबल बढाउन सकारात्मक सोच हुनुपर्छ।

सकारात्मक लक्ष्य राख्दा प्रतिफल सकारात्मक हुन्छ। हामिले सिकेको ज्ञान , सिप त्यतिबेला सम्म महत्वपुर्ण हुदैन जबसम्म ज्ञानलाई ब्यबहारमा ल्याउन सकिदैन। हामिले सोच बिचार गरेर कार्य गरौ। एउटा जिम्मेवार व्याक्तिको रुपमा आफुलाई चिनाउ। मानवले कहिले पनि हरेश खानु हुदैन। हिम्मत साथ अगाडि बढनुपर्छ। कठिन परिस्थितिलाई पनि सहज सोचेर सजिलै कठिनाईहरु पार गर्न सकिन्छ। मानिस सोच्ने क्षमता भएको प्राणि पनि हो। असल र सफल बन्नको लागि सकारात्मक दृष्टिकोण र निरन्तर अभ्यास गर्नुपर्छ। मानिसको बिचार बाट चरित्र निर्माण हुन्छ। आफ्नो जिबन बनाउनका लागि नकरात्मक भावनाले छुन दिनु हुदैन। जिवनमा सत्य कार्य गर्नुपर्छ। जगतमा सकारात्मक सोच फैलाउन ऋषिमुनिहरुले त्याग तपस्या गरी जगतलाई शिक्षा दिएका थिए। सकारात्मक सोच बाट सत्य तत्वको ज्ञान गरि मुक्तिको मार्ग खोज्नु पर्थ्यो। हामिले जिवनलाई गहिराई बाट हेर्नु पर्छ। बुद्दि ,क्षमता, योग्यताको आधारमा असल कार्य गर्नुपर्छ। सबैलाई आफ्नो कर्तव्य प्रति निष्ठाबान हुने ज्ञान हुनुपर्छ।

बिजुली बल्बका आविष्कारक थोमस एल्भा एडिसन सकारात्मक सोच र निरन्तर अभ्यासकै कारण सफल भए। जसले नौ सय उनान्सय पटकसम्म असफल हुँदा पनि हरेस खाएनन् र अन्त्यमा सफल भएरै छाडे, किनभने उनीसँग सकारात्मक सोचको दिव्य दृष्टि थियो। उनी हरेक परीक्षणमा केही न केही प्रतिशत सफल भएको थाहा पाइरहन्थे र उत्साहित भइरहन्थे।स्वच्छ रहनको लागि सकारात्मक सोचको बिकास गर्नुपर्छ। मनमा नराम्रो बिचार आयो भने पनि त्यसलाई हटाएर सबै रिस,राग,चिन्ता छोडि सकरात्मक सोचको विकास गर्न सकिन्छ। हामिले सफल व्याक्तिहरुको जिवन कथा पढेर तनाव बाट आफुलाई मुक्त राखेर आफ्नो सोच जित्नका लागि सकरात्मक सोच बनाउनुपर्छ। जोसँग सकारात्मक सोच छ। ऊ नै सफलताको शिखर चुम्दछ। जोसँग सकारात्मक सोच छैन, ऊ भाग्यलाई दोष दिएर टाउकोमा हात लाएर दिन गुजार्छ। नकारात्मक सोच भएका व्यक्तिभन्दा सकारात्मक सोच भएका व्यक्तिहरु कयौँ गुणा छिटो आफ्नो लक्षित गन्तव्यमा पुग्दछन्।हरेक कुरालाई सकारात्क नजरले हेर्नु नै सकारात्मक सोच हो। सकारात्मक सोचले हरेक व्यक्तिमा क्षमता र उर्जा सिर्जना गर्दछ। जीवनमा सफल हुने क्षमता विकासका लागि सकारात्मक सोच महत्वपूर्ण कारक हो भन्न सकिन्छ। मानिसको मन आत्मादेखि खुसि बनाउने माध्यम तथा मस्तिष्कमा सकारात्मक सोचबाट वास्तविकतामा परिवर्तन गर्न सक्ने शक्ति हुन्छ। त्यसलाई सबैले स्वीकार गर्नुपर्छ। अधिक आनन्द, खुसी र तुलनात्मक रूपमा राम्रो स्वास्थ्य हुन्छ। यसले तनावको स्तर कम गर्न मद्दत गर्दछ। नकारात्मक सोच भएका व्यक्तिदेखि सिङ्को समाज, राष्ट्र र विश्वलाई यसले प्रभाव पार्दो रहेछ।

सकारात्मक शक्ति एउटा मनोगत आदानप्रदानको रूपमा प्राप्त हुने ऊर्जा वा प्रेरणा हो जो हाम्रो जीवनमा सकारात्मक परिणाम गर्नमा मद्दत पुर्याउँछ। यसले हाम्रो जीवनमा सान्त्वना, ऊर्जा, आत्मविश्वास, उत्साह, र सफलता ल्याउँछ। यो एउटा बलियो शक्ति हो जो हाम्रो मानसिकता र आचरणमा सशक्त तथा सही परिणाम दिन्छ। त्यस्तै हामीलाई आगामी कार्यप्रति प्रेरित गर्दछ। हाम्रो वरिपरिका हरेक व्यक्तिको सकारात्मक सोच, सकारात्मक सङ्कत र प्रेरणादातालाई सम्प्रेषण गर्दा, हामी सकारात्मक शक्तिले गर्दा अझ सबल हुन्छौँ। आफ्नो लक्ष्यहरूमा सफलताका प्रति प्रतिबद्ध बन्छौँ। परिणामतः सफलता हाम्रो हातमा आउँछ। सकारात्मक सोच र बिचारले जन्माएका धारणाहरु मर्दैनन। बुद्ध, पुरुष,महापुरुषहरु मरेपनि उनीहरुको दृष्टिकोण अझै जीवितै छन्। व्यक्तिको मानसपटलमा आएका विचार जे जस्ता भए पनि सकारात्मक हुनु जरुरी छ। संसार भरको जिवको अस्तित्व कायम राख्न पनि हाम्रो सोच राम्रो हुनुपर्छ। जो व्यक्ति जीवनप्रति सकारात्मक सोचाई राख्छ, त्यही व्यक्तिले जीवनमा सफलता पाउन सक्छ। नकारात्मक सोचाई र विचारहरुलाई सकारात्मकमा परिवर्तन गर्न सके हामीले हाम्रो व्यक्तिगत र व्यावसायिक जीवन दुवै ठाउँमा सफलता पाउन सक्छौँ। सकारात्मक सोचमा ठूलो शक्ति छ। यसको ठीक विपरीत नकारात्मक सोचले शक्ति क्षय मानिस यस्तो प्राणी हो जसको वास्तविक पहिचान उसको विचारबाट हुन्छ। असल मानिस हुन हरेक व्यक्तिले सकारात्मक सोच राख्नुपर्दछ। त्यसैले हाम्रो मनमा हरपल सकारात्मक सोचाई मात्र ल्याउनु पर्दछ।सकारात्मक सोचाईको प्रतिफल पनि सकारात्मक नै हुन्छ। हामीले यो जगतमा रहँदा बिभिन्न किसिमका सोचहरु बनाउँछौँ। हाम्रा सोचहरु सधै सकारात्मक हुनुपर्छ। हामीले जगतको भलाई तथा देश समाज आदि भलो गर्ने सोचहरु राख्नुपर्छ। सकारात्मक सोचले हामीलाई महान बनाउँछ।सकारात्मक सोचकासाथ जीवन यात्रा गर्ने मानिसको जीवनमा कठिन मोडमा पनि खुसि हुन्छ। क्षणिक रुपमा दुःख भोग्न पनि सकारात्मक सोचले मानिसलाई एक दिन लक्ष्यमा पुर्याउछ। नकरात्मक सोचले मानिसलाई दुःखी बनाउछ। जस्तोसुकै कठिन परिस्थितिमा पनि सकारात्मक सोच लिई हासि खुसि बाँच्ने मानिस खुसि हुन्छ।

हामीले गर्ने कर्म नै हाम्रो असल योगदान हो। पुर्खाहरुको विरता, सुरता, त्याग, समर्पण, कर्तव्य निष्ठता र माटोप्रति निष्ठा हाम्रा वीर पुर्खाहरुको सकारात्मक सोचको प्रतिफल हो। विश्वासको बाटोमा सधैँ अगाडी बढ्न, कर्तव्यपथमा लाग्न जीवनको सकारात्मक पक्ष हो। जीवनका हरेक उतारचढावको सामना कसरी गर्ने भन्ने सिकाउँछ। असल सोचे असल, खराब सोचे खराब, रोगी सोचे रोगी, निरोगी सोचे निरोगी, स्वस्थ सोचे स्वस्थ, कमजोर सोच राखे कमजोरी। जो आफूलाई कमजोर सोचेर केही नगरी बस्दछ भने ऊ कमजोर भएर नै जान्छ। जिन्दगी खुसि छ खुसिको पछाडि दुःख आउछ। हरेक पलहरुमा सकारात्मक सोच राख्न सक्नु जीवनको मुल मन्त्र हो। यसबाट सोचका साथै मन पनि खुसि भएर आउँछ। हर मुस्किलको घडीमा पनि सकारात्मक सोच राखि कार्य गर्नुपर्छ। हाम्रो मन मष्तिकबाट सकरात्मक सोच राख्नुपर्छ। जब हाम्रो मन खुसि हुन्छ तब जिन्दगी पनि खुसि हुन्छ। तर्क बितर्क झगडा आदिबाट नकरात्मक सोच हुन जान्छ। हामीले जीवनमा स्वाभिमानी हुनुपर्छ। हामिले सोच्नु , बिचार गर्नु तथा व्यक्त गर्न सकिन्छ।

ध्यान सकारात्मक सोचको सबैभन्दा ठूलो मुहान हो। ध्यान गर्दा सबैभन्दा बढी सकारात्मक विचारहरु आउने गर्छ। ध्यान गर्दा आफूमा भएको सबै नकारात्मक विचारहरुलाई मन र दिमागबाट निकाल्दै सकारात्मक विचारहरु सोच्न सक्छौं। नकारात्मक सोचले शरीरमा रोगको प्रतिरक्षा प्रणालीलाई समेत कमजोर बनाउँछ। त्यसैले तनावमा भएका व्यक्ति रोगसँग लड्न सक्दैनन्। योग र प्राणायाम गर्दा पनि मानसिक शान्ति र सकारात्मकता बढ्छ। यसले आत्मउन्नतिमा मद्दत पु¥याउँछ। आफूभित्रको ऊर्जालाई आभाष दिलाइदिन्छ र अत्यधिक सफलतातिर डो¥याइदिन्छ। यी सबै उपायहरूले आत्मऊर्जा, सकारात्मकता र सहर्षबारे प्रेरित बनाउनमा मद्दत पुयाउँछ। जीवनलाई सार्थक, सकारात्मक दृष्टिकोणमा हेर्दा, ठुलो संघर्षको समयमा पनि स्वास्थ्य उत्तम भइरहन्छ अनि सदा खुसीयालीको वातावरण बनिरहन्छ। अवश्य नै यो सकारात्मक सोच नै सफलताको सूत्र हो। मन मस्तिकबाटै सकारात्मक बाटोमा हिड्नुपर्छ। हाम्रो समाजमा नकारात्मक कुराहरु, गुनासाहरु, असन्तुष्टी र निरासाले बनेको नकारात्मक सोचलाई सकारात्मक सोचमा बदल्नुपर्छ। सकारात्मक सोचले सकरात्मक छबि बनाउछ। सकारात्मक सोच प्रेरणाको श्रोत बन्न सक्छ। हिम्मत नहारि केही गर्न सकेमा मानिस मानिस बन्छ। हाम्रो सोच हामिले हेर्ने नजरमा भर पर्छ। जीवनलाई सकारात्मक ढंगले हर्न आवश्यक छ।सकारात्मक सोच हाम्रो समाज र हाम्रो जिवनको अभिन्न अंग हो।सबैको सोच सकारात्मक हुन आवश्यक छ। जीवनका हरेक उतारचढावको सामनाका लागि सकारात्मक सोच आवश्यक छ।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन्।)

प्रकाशित :२०८२ बैशाख १८, बिहीबार ११:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry