मालपोतका उपसचिव,अधिकृत,नासुसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै पटक ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

Advertisement 1

अख्तियारले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन उपसचिवसहित तत्कालीन मालपोत अधिकृत,तत्कालीन नायब सुब्बाका अलवा जग्गाधनीहरुलाई विपक्षी बनाइ मुद्धा दायर गरेको हो ।

अख्तियारले तत्कालीन उपसचिव उपसचिव परशुराम अधिकारी,तत्कालीन मालपोत अधिकृत सीताराम पोखरेल, तत्कालीन नायब सुब्बा ताराप्रसाद जोशी र प्रसाराम भुसालका अलवा नक्कली जग्गाधनीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

Advertisement 2

सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्ट्राचार गरेको आरोपमा तत्कालीन उपसचिव परशुराम अधिकारीसहित मातपोत अधिकृत सीताराम पोखरेल र प्रसाराम भुसालका साथैं जग्गाधनी बन्ने भक्तरत्न तुलाधर, शशि तुलाधर, रानु र दिव्य तुलाधरसहित ८ जनाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
उनीहरुले काठमाडौँ महानगरपालिका १६ को कित्ता नं १३९९ को ९१ दशमलव ३१ वर्गमिटर जग्गा सरकारको स्वीकृतिविना भक्तरत्न तुलाधरको नाममा कायम हुने गरी निर्णय गरेको अख्तियारले जनाएको छ।

प्रकाशित :२०७९ मंसिर ६, मंगलवार १५:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry