थप ९ वटा मुद्धा लिएर सर्वाेच्च पुग्यो अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप ९ वटा मुद्धा लिएर सर्वाेच्च अदालत पुगेको छ । विशेष अदालतबाट उल्टिएका घुस रिसवतका थप नौ मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।
यस अघि नै अख्तियारले साउन यता मात्रै १ सय ३५ मुद्दा सर्वोच्चमा पुनरावेदन गरिसकेको छ । आयोगले पुनरावेदन गरेका थप ९ वटा मुद्धामा प्रतिवादी कृष्णहरि वाग्लेविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो । वाग्लेलाई २५ हजार बिगो दावीसहित दायर गरेको घुस रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेषले प्रतिवादीले इन्कारी बयान दिएको आधारमा सफाइ दिएको थियो ।

Advertisement 1

त्यस्तै, आयोगले विशेष अदालतले सफाइ दिएको प्रतिवादी जय नेपाल थापा, चित्रबहादुर केसी, कमलप्रसाद पौडेल, सिद्धार्थ जोशीलगायतको मुद्दामा पनि पुनरावेदन दिएको छ । ५० हजार घुस लिएको अभियोग लागेका भ्रष्टाचार मुद्दामा सफाइ पाएका प्रतिवादी देवीप्रसाद गौतम र नेत्रप्रसाद लामिछानेको हकमा पनि सर्वोच्चमा पुनरावेदन दिएको छ ।

यसैगरी, आयोगले प्रतिवादी सुरेन्द्रराज अधिकारी, नारायणराज मिश्र र भाइकाजी गौतम, प्रकाश तिवारी र लोकराज जोशीविरुद्धको घुसवत रिससम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालले सफाइ दिएपछि सो उपर सर्वोच्च अदालतमा पुनरावेदन दिएको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित :२०७९ मंसिर १, बिहीबार ०९:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry