बैदेशिक रोजगार विभागको नासु ६२ हजार घुससहित पक्राउ

 

Advertisement 1

वैदेशिक रोजगार विभागका एक कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्ने नासु हुन प्रमोद पाण्डे । बुद्धनगरमा कार्यरत पाण्डे ३० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका हुन ।

पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीबाट ३० हजार घुस मागेका थिए । उनको कार्यकक्षमा अख्तियारको टोलीले पुगेर खानतलासी गर्दा थप स्रोत नखुलेको रकम भेटिएको अख्तियार दुरुपयोग अनुसान्धन आयोगले बताएको छ ।

Advertisement 2

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार रुपैयाँ घुस र स्रोत नखुलेको ३२ हजार ५५ रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

पाण्डेको साथबाट एक थान खाली चेकसमेत बरामद गरिएको आयोगले बताएको छ ।

Advertisement 3

 

प्रकाशित :२०७९ कार्तिक २९, मंगलवार १८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry