कर्मचारी समायोजनमा देखिएका समस्या सामाधान गर्न सरकार प्रयत्नशील छ :- देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीहरुको मूल कानुन संघीय निजामती सेवा ऐनलाई चाँडै जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिको आठौं महाअधिवेशनको उद्घाटन शर्तमा बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको क्रममा देखिएको समस्या समाधान गर्न पनि सरकार प्रयत्नशील रहेको समेत बताए । यस्तै प्रधानमन्त्री देउवाले राजनीतिक आस्थाका आधारमा भेदभाव नगरी जनताको सेवा गर्न निजामती कर्मचारीलाई आग्रह समेत गरेका छन् ।राज्यका स्रोत साधान सम्पत्तिको सुरक्षा गर्ने निजामती कर्मचारी अहिलेको आवश्यकता रहेको बताउदै मुलुकको स्थायी सरकारको रुपमा रहेको निजामती कर्मचारीहरुको देश अगाडि बढ्न महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
Advertisement 1
नेपालको संविधानले ट्रेड युनियनको अधिकारलाई संविधानमै व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरी यसलाई कार्यान्वयनमा लैजान सरकार क्रियाशील रहेको बताएका हुन । प्रम देउवाले कर्मचारीले आफ्नो छविलाई स्वच्छ राख्न सक्नुपर्ने समेत बताए । उनले कर्मचारीहरुले आफूलाई जनताको सेवकको रुपमा आफूलाई चिनाउनुपर्ने बताए । आजदेखि शुरु भएर पर्सीसम्म चल्ने नेपाल निजामती कर्मचारी युनियनको आठौं महाअधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
कूल ८५ पदाधिकारी चुन्नका लागि मुलुकभरबाट ६५० प्रतिनिधि काठमाडौं आइपुगेका छन् ।