वन्यजन्तु तस्करीको आरोपमा कुन्जोक लामा दोषी ठहर
जिल्ला अदालत रसुवाका न्यायाधीश राजेन्द्र गौतमको इजलासले वैशाख ८ गते वन्यजन्तु तस्करीको आरोप लागेका कुन्जोक लामा अदालतबाट दोषी ठहर भएका छन् ।
Advertisement 1
यद्यपि उनलाई कति सजाय हुने भन्ने निर्धारण हुन बाँकी छ । जिल्ला अदालत रसुवाका तहसिलदार रामचन्द्र मण्डलका अनुसार सजाय निर्धारण गर्न वैशाख २२ गते पेशी तोकिएको छ । फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन) २०७४ को दफा ८ अनुसार कुनै व्यक्तिलाई अदालतले कसुरदार ठहर गरिसकेपछि मात्र सजाय निर्धारण गर्नुपर्ने व्यवस्था अनुसार कुन्जोकलाई वैशाख २२ गते सजाय निर्धारण गर्न लागिएको हो ।
२०६२ भदौ १६ गते नेपाली सेनाको टोलीले रसुवाबाट पाटेबाघ, चितुवा र ओतको छाला तथा बाघको अड्डीसहित पाँच जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मिङमार छिरिङ तामाङ, छेवाङ उटुक लामा र रिसाङ लामालाई जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतले २०६६ फागुन १२ गते ७ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
Advertisement 2
त्यस्तै उनीहरुको सहयोगी बलराम श्रेष्ठलाई पाँच वर्ष कैदको फैसला सुनाएको थियो भने आखेटोपहार भेटिएको घरका घरधनी थोप्तेन तामाङलाई सफाइ दिएको थियो ।
पक्राउ परेकाहरुले आफूहरुले कुन्जोक लामाको निर्देशनमा काम गरेको वयान दिएका थिए । तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २०७७ असार ११ गते पक्राउ गरेको थियो ।
त्यसपछि कुन्जोकविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रसुवाले २०७७ असार १४ गते जिल्ला अदालतमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार पसार तथा बेचविखन गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
Advertisement 3
१५ वर्षअघिको त्यो सिजर्स
१६ भदौ २०६२ मा रसुवामा नेपाली सेनाको टोलीले बाघ, चितुवा र ओतका अंग र तिनको तस्करीमा संलग्नलाई पक्राउ गरेको थियो। अन्तर्राष्ट्रिय रूपमा समेत चर्चा पाएको उक्त सिजर्स मा सेनाले पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको ११३ किलो हड्डीसहित पाँच जना पक्राउ गरी लाङटाङ राष्ट्रिय निकुञ्जलाई बुझाएको थियो।
कुन्जोङ तामाङ सन् १९९९ मा भारतको उत्तर प्रदेशस्थित गाजियावाद, सन् २००० मा उत्तर प्रदेशकै खागा र सन् २००८ मा मध्य प्रदेशस्थित हरियाणामा भएको वन्यजन्तु अपराध मुद्दामा समेत फरार प्रतिवादीका रूपमा छन्। भारतीय अनुसन्धान ब्यूरो र वन्यजीव अनुसन्धान ब्यूरोले प्रकाशन गरेका प्रतिवेदनमा उनीमाथि भारतमा सयौं बाघको छाला तस्करी गरेको आरोप लगाइएको छ।
तीमध्ये चार जनालाई लाङटाङ राष्ट्रिय निकुञ्ज, तत्कालीन पुनरावेदन अदालत पाटन हुँदै सर्वोच्च अदालतसम्मले दोषी ठहर गर्दै सजाय सुनाए। वन्यजन्तुका अंगको अवैध व्यापारमा संलग्नको आरोप लागेका मिङमार छिरिङ तामाङ, छेवाङ उटुक लामा र कारसाङ भन्ने रिसाङ लामालाई सर्वोच्च अदालतले १२ फागुन २०६६ मा सात वर्ष कैद र रू। एक लाख जरिवाना गरेको थियो भने उनीहरूका सहयोगी बलराम श्रेष्ठलाई पाँच वर्ष कैद। सेनाले छापा मारेको घरका धनी थोप्तेन तामाङलाई भने तस्करीमा संलग्नता नखुलेपछि सफाइ दिइएको थियो।
११ वर्षअघि सर्वोच्च अदालतले उक्त घटनामा संलग्नलाई कैद गर्ने फैसला गरेसँगै यो मुद्दा त्यहीँ सकिएको ठानिएको थियो। त्यस घटनामा पक्राउ परेका व्यक्तिले आफूहरूले कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङका लागि काम गरेको बयान दिएका थिए। नेपाल प्रहरी र इन्टरपोलको सर्वाधिक खोजी सूचीमा रहेका तिनै तामाङलाई ११ असार २०७७ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौं ६ सिमलटारबाट पक्राउ गरेसँगै तामाङको १५ वर्ष पुरानो फाइल खुलेको थियो।
तामाङ सन् १९९९ मा भारतको उत्तर प्रदेशस्थित गाजियावाद, सन् २००० मा उत्तर प्रदेशकै खागा र सन् २००८ मा मध्य प्रदेशस्थित हरियाणामा भएको वन्यजन्तु अपराध मुद्दामा समेत फरार प्रतिवादीका रूपमा छन्। भारतीय अनुसन्धान ब्यूरो र वन्यजीव अनुसन्धान ब्यूरोले प्रकाशन गरेका प्रतिवेदनमा उनीमाथि भारतमा सयौं बाघको छाला तस्करी गरेको आरोप लगाइएको छ।
अन्तर्राष्ट्रिय गिरोहसँग सम्बन्ध
तामाङलाई पक्राउ गरेपछि सीआईबीले उनलाई लाङटाङ राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको थियो। निकुञ्जले उनीविरुद्ध रसुवा जिल्ला अदालतमा मुद्दा चलायो। अदालतले मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल थुनामा पठाउने आदेश गर्यो। त्यस क्रममा सीआईबीले तामाङबारे इन्टरपोल र भारतीय सुरक्षा निकायबाट प्राप्त गरेका विवरण चाखलाग्दा छन्।