यस्तो छ मुलुकको पछिल्लो आर्थिक स्थिती
नेपाल राष्ट्र बैंकले देशको मुलुकको पछिल्लो आर्थिक अवस्थाको विवरण सार्वजनिक गरेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९÷८० को दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितको विवरण सार्वजनिक गरेको हो।
Advertisement 1
जसअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८ दशमलव ६४ प्रतिशत रहेको विवरण राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
यस्तै राष्ट्र बैंकद्धारा सार्वजनिक विवरण अनुसार पहिलो दुई महिना अवधिमा सरकारको चालू खाता घाटा रु ३७ अर्ब १८ करोड पुगेको छ ।
Advertisement 2
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा चालू खाता २९ करोड १७ लाख अमेरिकी डलरले घाटामा रहेको देखिएको हो । गत आर्थिक वर्ष २०७८र७९ को सोही अवधिमा चालू खाता घाटा रु एक खर्ब छ अर्ब आठ करोड बराबर रहेको थियो ।
त्यस्तै भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति रु २३ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ९४ अर्ब ८० करोडले घाटामा रहेको थियो ।
यस्तै बिप्रेषण तर्फ भदौं अन्तिमसम्ममा एक खर्ब ८७ अर्ब चार करोड बराबरको विप्रेषण भित्रिएको विवरण नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
Advertisement 3
यस्तै आयात १३ प्रतिशतले र निर्यात ३४ दशमलव ९ प्रतिशतले घटेको छ भने कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ३५ करोड अमेरिकी डलर रहेको छ विवरणमा उल्लेख छ ।
यस्तै कर्जाको औसत ब्याजदर १२ प्रतिशत नाघेको विवरण राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।