आचारसंहितालाई अचार बनाउँदै फेरिए भन्सारका हाकिमहरु

भन्सार विभागले निर्वाचन आचारसंहिताको वेवस्था गर्दै धमाधम भन्सारका हाकिमहरुको सरुवा गरेको भेटिएको छ । आयोगले निर्वाचन आचारसंहिता जारी भए पछि कर्मचारी सरुवा,बढुवा गर्न नपाइने भने पनि भन्सार विभागले भने भैरहवा,रसुवा,बीरगञ्ज लगायतका भन्सार कार्यालयका हाकिमहरु हेरफेर गरेको हो ।
Advertisement 1
विभागले व्याक डेटमा अस्ति मात्र केही अधिकृतहरुको सरुवाको काम टुंग्याएको हो । अस्ति मात्र गत भदौको मिति राखेर भैरहवा भन्सार कार्यालयका प्रमुख अधिकृत ज्ञानेन्द्रराज ढकालको सरुवा गरिएको छ । एघार महिनाअघि मात्र त्यहाँ पदस्थापन भएका ज्ञानेन्द्रलाई विभागमा कामकाज गर्न खटाइएको छ । उनको स्थानमा ११ महिनाअघि त्यहीँबाट खेदाइएका मणिराम पौडेललाई पुनः ल्याइएको बताइन्छ । मणिराम करको दर हेरफेर गर्न बजेट निर्माणताका मध्यराति अर्थमन्त्री छिर्ने पूर्वनासु रघुनाथका टाइपिस्टको रुपमा चिनिन्छिन् । भैरहवा त्यही प्रमुख नाका हो, जहाँबाट चौधरीका प्रायः सामानहरु आउने–जाने गर्दछन् ।
विभागले यसबीचमा अरू थुप्रै कर्मचारीको समेत सरुवा गरेको छ । हालै मात्र कनिष्ठ अधिकृत धापानन्द ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट भैरहवा पठाइएको छ । अर्का कर्मचारी भोजराज रेग्मी भैरहवाबाट विमानस्थलमा खटाइएको एक महिना नबित्दै कृष्णनगर पु¥याइएका छन् । उनलाई दुई वर्षअघि कृष्णनगरबाटै भैरहवा ल्याइएको थियो । अतिरिक्त कमाइ हुने भन्सार कार्यालयमा ‘माथिको चाहनाबमोजिम’ दरबन्दीभन्दा बढी कर्मचारीको सरुवा गर्न नमान्ने सहसचिवलाई पनि सरुवा गरिएको छ । पदस्थापन भएको १० महिना नबित्दै अर्थबाट सहसचिव महेश भट्टराईलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पु¥याइएको छ । अहिले दरबन्दीभन्दा बढी कर्मचारी राख्न थालिएको छ । आकर्षक भन्सार कार्यालयका रूपमा परिचित वीरगञ्ज, भैरहवा, विराटनगरमा दरबन्दीभन्दा दोब्बर कर्मचारी लगिएको छ भने साना भन्सार कार्यालयमा आवश्यक कर्मचारी पनि देखिँदैनन् ।
Advertisement 2
सर्लाही, सिराहालगायत स्थानमा दरबन्दीबमोजिमका कर्मचारी पाइन्नन् । यता आन्तरिक राजश्व विभागले पनि भर्खरै विराटनगर कर कार्यालयका प्रमुख अधिकृत सूर्यराज पोखरेलको सरुवा गरेको छ ।